१ भदौ २०८३, सोमबार | August 17, 2026

एमसीसी उपाध्यक्ष सुमार र अर्थमन्त्री शर्मा बीच अर्थमन्त्रालयमा भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहित प्रमुख राजनीतिकदलका प्राय सबै नेताहरुसंग भेटवार्ता सकेकी मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेकी छिन् । उपाध्यक्ष सुमार र अर्थमन्त्री शर्माबीच शनिबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा भेटवर्ता भएको हो ।

बिहीबार काठमाडौं ओर्लिएकी उपाध्यक्ष सुमारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट भेट शुरु गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड, जनता समाजवादीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा अर्का अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेकी थिइन् ।

अर्थमन्त्री शर्मासँगको भेटमा संसदबाट यथाशिघ्र एमसीसी अनुमोदन गरी कार्यान्वयनमा लैजान उपाध्यक्ष सुमारले आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । जवाफमा अर्थमन्त्री शर्माले एमसीसी अनुमोदन गर्ने वा नगर्ने भन्ने विषय अहिले दलहरुमा छलफलकै क्रममा रहेको र दलहरुका बीच सहमति कायम गरेर अगाडि बढ्ने बताएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  ४ : २६ बजे

वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका नौ सडकखण्ड

‘रिटर्नी’ उद्यमीको सीप र पुँजी नेपालको आर्थिक विकासको आधार बन्नसक्छ : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले

मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै

महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक

कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय सुवेदी र ढकालको संयुक्त इजलासमा

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी