७ श्रावण २०८३, बिहिबार | July 23, 2026

उत्कृष्ट प्रजिअहरूको एक स्वर : ‘जनताको सेवामै रमाउन सक्नुपर्छ’



काठमाडौं । सेवाग्राहीलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गरेका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफूहरू जनताको सेवक बनेर लक्ष्य हासिल गरेको बताएका छन् ।

गृह मन्त्रालयले ७७ जिल्लाका प्रजिअसँग गरेको कार्यसम्पादन मूल्याङ्कनमा प्रथम हुन सफल झापाका प्रजिअ श्रवणकुमार तिमल्सिनाले ‘‘कर्मचारी कहिल्यै शासक हुन सक्दैनन्, ऊ जनताको सेवामै रमाउन सक्नुपर्छ’’ भने । ‘‘जिल्ला सफल हुनुमा प्रजिअको मात्रै हात हुँदैन, सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, जिल्ला प्रशासन कार्यालयका कर्मचारी तथा नागरिकको समन्वयले मात्रै सम्भव हुन्छ,’’ उनले थपे, ‘‘सेवाग्राहीलाई केन्द्रबिन्दुमा राखेर सबैले काम गर्दा आत्मसन्तुष्टि प्राप्त हुन्छ ।’’

झापाका प्रजिअ तिमल्सिनाले भने, ‘‘यो एक जनाको प्रयासले मात्रै हुने कुरा हैन, समूह कार्यका रूपमा मैले यो नजितालाई लिएको छु ।’’ गृहले शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय÷सदाचार र आर्थिक अनुशासनसँग सम्बन्धित कार्यसम्पादनमा यो वर्ष झापा, ललितपुर, अर्घाखाँची र रुकुम पूर्वलाई अति उत्कृष्ट जिल्ला घोषणा गरेको छ ।

उत्कृष्ट जिल्लामा परेका ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले समयमै कार्यसम्पादनका सूचकअनुसार रिपोर्टिङ गरेर अभिलेखीकरण गर्ने कर्मचारीसमेतको सहयोगले ललितपुर उत्कृष्ट जिल्लामा परेको बताए ।

गृह प्रशासन सुधार कार्ययोजना-२०७४ अनुसार विभागीय प्रमुख र कार्यालय प्रमुखसँग कार्यविवरण र सूचक तयार गरेर काममा खटाइएअनुसार मन्त्रालयले यो वर्ष ललितपुरलाई दोस्रो र गुल्मीलाई तेस्रो उत्कृष्ट जिल्लाका रूपमा घोषित गरेको छ । ललितपुरका प्रजिअ निरौला सामूहिक प्रयास, काममा नयाँपन तथा सबैको सहयोगले सफलता हात पारेको बताउँछन् ।

कार्यसम्पादनमा गुल्मी उत्कृष्ट तीनमा परेको छ । महिलाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कसरी सञ्चालन हुन्छ भन्ने उदाहरण प्रजिअ रुद्रादेवी शर्माले प्रस्तुत गरेका छन् । उनले नेतृत्व गरेपछि जिप्रकामा सेवाग्राहीलाई आवश्यक सबै पूर्वाधारको विकास गरिएको छ ।

जिल्लामा प्रजिअले जिल्ला प्रशासन कार्यालयबाट दिने सेवा-सुविधामात्रै हैन, धेरै काम गर्न सक्नुपर्छ, शर्माले भने । फाराम भर्न नसक्ने सेवाग्राहीको फाराम भर्ने र एउटा कार्यालयमा सेवाग्राहीमैत्री वातावरण कस्तो हुनुपर्छ भनेर त्यसको सबै काम गरेको उनले बताए ।

सेवाग्राहीलाई बस्ने ठाउँ, खानेपानीको व्यवस्था, स्तनपान कक्ष, सूचना अधिकारीको व्यवस्था, कार्यालय हातामै हुलाक टिकट, बैङ्क काउन्टर राखेर सेवाग्राहीलाई सहज पारेको शर्माले जानकारी दिए ।

गृह मन्त्रालयका सहसचिव कमलराज ढकालले कानुनी राज्य तथा सुशासनको प्रत्याभूति दिलाउन भूमिका खेलेका आधारमा जिल्लाका नतिजा सार्वजनिक गरिएको बताए । उनले कार्यसम्पादनमा अब्बल देखिएका जिल्लालाई प्रदेशस्तरीय सुरक्षा गोष्ठीका अवसरमा सम्मान गरिने कार्यक्रम रहेको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा केशवराज पौडेलले यो समाचार लेखेका छन् ।

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ६ : ३७ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट