२४ भदौ २०८३, बुधबार | September 9, 2026

काँग्रेस महाधिवेशनः युवा नेता को कता ?



काठमाडौं । सभापति शेरबहादुर देउवा गुटका सम्भावित महामन्त्रीका उम्मेदवार प्रवक्ता विश्वप्रकाश शर्माले गुट परिवर्तन गरिसकेका छन् ।

गगन थापाले पनि कृष्णप्रसाद सिटौला गुट छोडेका छन् । देउवालाई खुमबहादुर खड्का गुटले महामन्त्रीका लागि दबाब दिइरहेको छ । पूर्णबहादुर खड्का, मोहन बस्नेत, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, पुष्पा भुसाललगायतका खुमबहादुर गुटका नेताहरूले महामन्त्री र सरकारमा मन्त्रीका लागि देउवालाई दबाब बढाएका छन् ।

देउवा गुटकै बालकृष्ण खाँण, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद, रमेश लेखकको व्यवस्थापन पनि देउवाका लागि चुनौतीपूर्ण छ ।

पौडेल गुटमा पनि महामन्त्रीको उम्मेदवारका लागि युवा नेताहरूबीच हानथाप छ । गगन, गुरुराज, डा.मीनेन्द्र रिजाल, धनराज गुरुङ, चन्द्र भण्डारीलगायतका नेताहरू महामन्त्री उम्मेदवारका आकांक्षी छन् ।

विगतमा कोइराला परिवार निकट आनन्द ढुंगाना यसपटक देउवा गुटमा खुलेका छन् । फरमुल्लाह मन्सुर पनि कोइराला परिवार छोडेर १३औं महाधिवेशनदेखि देउवा गुटमा प्रवेश गरेका हुन् ।

विगतमा देउवा छोडेर कोइराला गुटमा प्रवेश गरेका डा.नारायण खड्का पुनः देउवा गुटमै फर्केका छन् ।

मीनेन्द्र रिजाल पनि देउवा छोडेर गिरिजाप्रसाद कोइराला हुँदै शशांकतिर लागेका छन्। अर्जुन जोशी कोइराला गुट छोडेर देउवातिर फर्केका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा याे समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ७ : २३ बजे

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

मधेस प्रदेशमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं ४