१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सवारी एसेम्बलिङ उद्योगमा ५०% छूट



काठमाडौं । सरकारले नेपालमै सवारी एसेम्बलिङ गर्ने उद्योगलाई ठूलो छूट दिने निर्णय गरेको छ । शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन बजेटको आर्थिक ऐनमार्फत नेपालमै सवारी एसेम्बल गर्ने उद्योगलाई अन्तरशुल्क ५० प्रतिशतसम्म छूट दिने निर्णय भएको हो ।

यसअघि यस्ता उद्योगलाई अन्तःशुल्कमा २५ प्रतिशत छूट दिने गरिएको थियो । नेपालमै मोटरसाइकल एसेम्बलिङ गरिरहेको हंसराज हुलासचन्द एन्ड कम्पनी र शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले विशेष छूट पाएका छन् । नेपालमा थप एसेम्बिलिङ उद्योग खोल्ने वातावरण बनेको छ । हाल नेपालमा हंसराजले बजाज र जगदम्बाले टीभीएसका मोटरसाइकल एसेम्बलिङ गरिरहेको छ ।

जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले नयाँ व्यवस्थाले सकारात्मक प्रभाव पार्ने बताए । ‘ठूलो लगानी गरेर जोखिम मोलेर उत्पादन गरिरहेका थियौं तर खतरा त्यति नै थियो,’ उनले भने, ‘नयाँ व्यवस्थाले सहजीकरण गरेको छ ।’ उनले नयाँ व्यवस्थासँगै अबको केही समयमै नेपालमै उत्पादन भएका टीभीएसको मोटरसाइकलमा ग्राहकले केही सस्तो मूल्यमा पाउने वातावरण बनेको बताए । ‘ग्राहकले मूल्यमा पनि केही सहुलियत पाउनेछन्,’ उनले भने ।

अटोमोबाइल व्यवसायीको छाता संगठन नेपाल अटोमोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले उद्योगमा दिएको छूटले नेपालमा थप उद्योग खुल्ने वातावरण बनेको बताए ।

‘यसले देशभर एकदमै सकारात्मक लहर ल्याउँछ,’ उनले भने, ‘सबै ब्रान्डका एसेम्बलिङ उद्योग खुल्छन् ।’ प्रभावकारी रूपमा कार्यान्वयन भएमा एसेम्बलिङ उद्योगसँगै पाटायर उद्योग पनि खुल्ने भएकाले यसले औद्योगिक लहर ल्याउने उनको विश्वास छ । आजको आर्थिक अभियान दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ७ : ३३ बजे

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।

बुटवलमा हुने हाफ् म्याराथन प्रतियोगिताको आवेदन खुला

बुटवल । जननेता मदन भण्डारीको ३१ औं स्मृति दिवस पारेर

पाकिस्तानी दूतावासद्वारा नेपाली विद्यार्थीहरुलाई एम्बेसडर अफ पाकिस्तान छात्रवृत्ति प्रदान

काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासले नेपालका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत