१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

एमसीसी सम्झौतालाई नेपालमा राजनीतिकरण गरियो : एमसीसी उपाध्यक्ष सुमार



काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले एमसीसी सम्झौतालाई नेपालमा राजनीतिकरण गरिएको भन्दै असन्तुष्टि जनाएकी छिन् । दलहरुलाई एमसीसीका विषयमा कन्भिन्स गर्न नेपालको चार दिने भ्रमणमा आएकी उपाध्यक्ष सुमारले आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै आर्थिक सहयोगको विषय राजनीतिक हतियार बन्न नहुने बताएकी छन् ।

दलका नेताहरुसँगको भेटमा आफूले एमसीसी अनुमोदन गर्न ढिलो भइसकेकाले अब ढिलो गर्न नहुने बताएको जानकारी दिइन् । ‘अहिले एमसीसीलाई राजनीतिकरण गर्ने अनि गलत र भ्रामक प्रचार गर्ने काम भइरहेको छ ।’ उनले भनिन् , -‘आर्थिक सहयोगको विषय कहिले पनि राजनीतिक हतियार हुन सक्दैन किनभने यो मानिसको जीवनसँग सम्बन्धित विषय हो’

गत बिहीबार नेपाल आएकी उनले राजनीतिक दलका शीर्ष नेता, प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, नागरिक समाजका प्रतिनिधि र निजी क्षेत्रसँग एमसीसी सम्झौताको विषयमा कुराकानी गरेकी थिईन् ।

उपाध्यक्ष फातिमाले नेपालले यो आर्थिक अवसरलाई उपयोग गर्नुपर्ने बताउँदै एमसीसी सम्झौता संसदबाट तत्काल अनुमोदन गर्नुपर्नेमा जोड दिइन् । गलत र भ्रामक हल्लाले जनतालाई यथार्थ सूचनामा आधारित भएर आफ्नो छनौट गर्ने अधिकारबाट विमुख गरेको उपाध्यक्ष फातिमाको गुनासो छ ।

आफ्नो नेपाल भ्रमणको एउटा उद्देश्य एमसीसीका सम्बन्धमा नेपालमा उठेका प्रश्नहरुलाई स्पष्ट पार्नु रहेको उल्लेख गर्दै फातिमाले दलका नेताहरुलाई पनि ती विषयमा स्पष्ट पार्ने प्रयास गरेको जनाइन् । उनले नेपाल सरकारले सोधेका प्रश्नहरुको जवाफ आफुहरुले नेपाल सरकारलाई लिखित रुपमा दिएका बताउँदै त्यसैको फलोअपको रुपमा आफ्नो टोलीले नेताहरुलाई भेटेर स्पष्ट पार्ने प्रयास गरेको बताइन् ।

एमसीसी गरिवी निवारण गरेर आर्थिक समृद्धितर्फ लैजाने परियोजना भएको उल्लेख गर्दै उपाध्यक्ष फातिमाले एमसीसी सहयोग समग्र दुईपक्षीय सम्बन्ध र साझेदारीको एक पाटो मात्र भएको उल्लेख गरिन् ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ९ : ४६ बजे

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट