३ भदौ २०८३, बुधबार | August 19, 2026

एमसीसी सम्झौतालाई नेपालमा राजनीतिकरण गरियो : एमसीसी उपाध्यक्ष सुमार



काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले एमसीसी सम्झौतालाई नेपालमा राजनीतिकरण गरिएको भन्दै असन्तुष्टि जनाएकी छिन् । दलहरुलाई एमसीसीका विषयमा कन्भिन्स गर्न नेपालको चार दिने भ्रमणमा आएकी उपाध्यक्ष सुमारले आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै आर्थिक सहयोगको विषय राजनीतिक हतियार बन्न नहुने बताएकी छन् ।

दलका नेताहरुसँगको भेटमा आफूले एमसीसी अनुमोदन गर्न ढिलो भइसकेकाले अब ढिलो गर्न नहुने बताएको जानकारी दिइन् । ‘अहिले एमसीसीलाई राजनीतिकरण गर्ने अनि गलत र भ्रामक प्रचार गर्ने काम भइरहेको छ ।’ उनले भनिन् , -‘आर्थिक सहयोगको विषय कहिले पनि राजनीतिक हतियार हुन सक्दैन किनभने यो मानिसको जीवनसँग सम्बन्धित विषय हो’

गत बिहीबार नेपाल आएकी उनले राजनीतिक दलका शीर्ष नेता, प्रधानमन्त्री, मन्त्रीहरु, सांसद, नागरिक समाजका प्रतिनिधि र निजी क्षेत्रसँग एमसीसी सम्झौताको विषयमा कुराकानी गरेकी थिईन् ।

उपाध्यक्ष फातिमाले नेपालले यो आर्थिक अवसरलाई उपयोग गर्नुपर्ने बताउँदै एमसीसी सम्झौता संसदबाट तत्काल अनुमोदन गर्नुपर्नेमा जोड दिइन् । गलत र भ्रामक हल्लाले जनतालाई यथार्थ सूचनामा आधारित भएर आफ्नो छनौट गर्ने अधिकारबाट विमुख गरेको उपाध्यक्ष फातिमाको गुनासो छ ।

आफ्नो नेपाल भ्रमणको एउटा उद्देश्य एमसीसीका सम्बन्धमा नेपालमा उठेका प्रश्नहरुलाई स्पष्ट पार्नु रहेको उल्लेख गर्दै फातिमाले दलका नेताहरुलाई पनि ती विषयमा स्पष्ट पार्ने प्रयास गरेको जनाइन् । उनले नेपाल सरकारले सोधेका प्रश्नहरुको जवाफ आफुहरुले नेपाल सरकारलाई लिखित रुपमा दिएका बताउँदै त्यसैको फलोअपको रुपमा आफ्नो टोलीले नेताहरुलाई भेटेर स्पष्ट पार्ने प्रयास गरेको बताइन् ।

एमसीसी गरिवी निवारण गरेर आर्थिक समृद्धितर्फ लैजाने परियोजना भएको उल्लेख गर्दै उपाध्यक्ष फातिमाले एमसीसी सहयोग समग्र दुईपक्षीय सम्बन्ध र साझेदारीको एक पाटो मात्र भएको उल्लेख गरिन् ।

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ९ : ४६ बजे

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने

रास्वपा सांसदहरूले कुटाई खाने दिन आउन लागेको अमरेशकुमारको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले पार्टीका सांसदहरूले

लोकतन्त्र संकटमा छ, अहिले वालेन्द्रतन्त्र स्थापित भएको छ : रामबहादुर थापा

काठमाडौं । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रधानमन्त्री

प्रेस काउन्सिलका चार सदस्यको शपथ

काठमाडौँ । प्रेस काउन्सिल नेपालका नवनियुक्त चार सदस्यले आज कार्यभार