२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एमसीसीको विरोधमा काठमाडौंमा नेत्र विक्रम चन्द नेकपाको वृहत प्रदर्शन



काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा प्रदर्शन भएको छ ।

नेत्र विक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले काठमाडौंमा वृहत प्रदर्शन गरेको हो । एमसीसी विरुद्ध यो नै अहिलेसम्मको ठूलो प्रदर्शन हो ।

आज काठमाडौंमा एमसीसीको विरोधमा वृहत प्रदर्शन भएको छ । यो नै अहिलेसम्मको सबैभन्दा ठूलो प्रदर्शन हो ।
पार्टी महासचिव चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वली लगायतका नेताहरुको नेतृत्वमा माइतीघर मण्डलाबाट विरोध प्रदर्शन सुरु गरिएको थियो ।

एमसीसीको विरोधमा विभिन्न राजनीतिक दल र समुहहरुले प्रदर्शन गर्दैआएका छन् ।

एमसीसी उपाध्यक्ष फतिमा सुमारले एमसीसी पास गर्न नेपाल सरकार र राजनीतिक दलका नेताहरुलाई आग्रह गर्दै हिजो मात्र चार दिने नेपाल भ्रमण सकेर फर्किएकी छिन् ।

५०० मिलियन अमेरिकी डलरको यो अनुदान सम्झौतामा नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको थियो । तर सुरुमा सम्झौता ससदबाट अनुमोदन गर्ने विषय नभएपनि केपी ओली नेतृत्वको सरकारले संसदबाट अनुमोदन गर्ने सहमति गरेको थियो ।

एमसीसी सम्झौता अनुमोदन गर्ने या नगर्ने विषयमा नेपालका ठूला राजनीतिक दलहरु विभाजित रहेका छन् ।

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  २ : ०५ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष