२ असार २०८२, सोमबार | June 16, 2025

एमसीसीको विरोधमा नेकपासहित ६ दलको आज खुलामञ्चमा जनसभा, त्यसअघि र्‍याली



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा आज शुक्रबार राजधानीको खुलामञ्चमा जनसभा गर्दैछन् ।

गत आइतबार संसदबाट एमसीसी अनुमोदन भएपछि चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेका वाम पार्टीहरुले आज माइतीघर, कुपोन्डोल, त्रिपुरेश्वर र दरबारमार्गबाट र्‍याली निकालेर खुलामञ्चमा जनसभा आयोजना गर्न लागेका हुन् ।
बिहान ११ बजे र्‍याली सुरु हुने र १२ बजे सभा हुने जनाइएको छ ।

नेकपा,नेकपा ९क्रान्तिकारी माओवादी०, नेकपा ९मसाल०, नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी, देशभक्त जनगणतान्त्रिक मोर्चा, राष्ट्रिय जनमोर्चा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी एमसीसी सम्झौताविरुद्ध छन् ।

यो मोर्चाले २२ फागुनमा बुद्धिजीवीसँग अन्तर्क्रिया गर्दैछ भने २४ फागुनमा देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने छ । २६ फागुनमा विद्यार्थीले देशव्यापी क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम छ भने २८ फागुनमा युवकहरूले देशव्यापी विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  १० : १७ बजे

मोहन वैद्य ‘किरण’ स्वास्थ्यलाभ गरेर घर फर्के

काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य महाराजगञ्जस्थित

पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने

काठमाडौँ । चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा धेरै कमाइ

नेपालले नेदरल्यान्ड्सबाट पायो १५३ रनको लक्ष्य

काठमाडौं । स्कटल्यान्डमा हिजोदेखी सुरु भएको त्रिदेशीय टी-२० आई सिरिजको

विधि विधान र प्रक्रियाभन्दा बाहिर गएर महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैन : किशोरसिंह राठौर

बाँके । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीभित्र अनुशासनको अनुभूति

अण्डा बोकेको बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, १ जना घाइते

बुटवल । पाल्पाको पूर्वखोलाको बीरकोटमा सवारी दुर्घटना हुँदा २ जनाको