३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

एमसीसी कार्यान्वयन विरुद्ध विप्लव नेकपाद्वारा आन्दोलनको घोषणा



काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले अमेरिकी अनुदान सहयोग सम्बन्धी परियोजना ९एमसीसी० कार्यान्वयनको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

नेकपाका हालैबसेको स्थायी समितिले बैठकले एमसीसीविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको हो । बैठकले पहिलो चरणमा संयुक्त गोष्ठी र मार्चपासका कार्यक्रम तय गरेको छ ।

जसअनुसार भदौ १९देखि २३ गतेसम्म काठमाडौंंको लप्सीफेदी हुँदै नुवाकोट, तनहुँ, धादिङ, मकवानपुर, नवलपरासी रुपन्देही, पाल्पासम्म अन्तरक्रिया कार्यक्रम राखिएको छ । सो कार्यक्रमअन्तर्गत एमसीसी विरोधीहरुको बीचमा संयुक्त गोष्ठी हुनेछ । गोष्ठीको कार्यक्रम सकेपछि असोज असोज १ गतेदेखि १५ गतेसम्म मार्चपास गर्ने कार्यक्रम रहेको छ ।

एमसीसी विरुद्ध जनमत तयार पार्न पहिलो चरणको कार्यक्रम सफल हुने नेकपाले विश्वास गरेको छ । यसपछि अर्को बैठक बसेर दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताइएको छ ।

 

प्रकाशित मिति : १५ भदौ २०८०, शुक्रबार  ९ : ४६ बजे

आजको मौसम : यी प्रदेशहरूमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू-भाग

मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता : आदर्श र धम्बोझी विजयी

नेपालगन्ज । नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप

गोप्य फोटो भिडियो बनाई बार्गेनिङ गर्ने २ जना पक्राउ

संखुवासभा । व्यक्तिगत गोपनिय फोटो र भिडियो बनाएर बार्गेनिङ गर्ने

बागलुङ जिप दुर्घटना अपडेट : घाइते तथा मृतकको पहिचान खुल्यो

बागलुङ । आज साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको जिप

माओवादी नेता तथा संविधानसभा सदस्य विरेन्द्र जुहारचनको अन्त्येष्टि

मुस्ताङ । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का