१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमालेले पत्रै लेखेर माग्यो सभामुख सापकोटाको राजीनामा



काठमाडौं । विवाद सुल्झाएर संसद सुचारु बनाउने सभामुख अग्निप्रसाद सापकोटाको प्रयासलाई नेकपा एमालेले अस्विकार गर्दै घुमाउरो पाराले सभामुख सापकोटाको राजीनामा मागेको छ । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको नेकपा एमालेले सभामुखलाई मार्ग प्रशस्त गर्न पत्रपठाएको छ । एमालेले आज सभामुखलाई पत्र लेखेर माधव नेपालसहित १४ सांसदको कारबाहीबारे सूचना टाँस्न वा मार्ग प्रशस्त गर्न भनेको छ ।

सभामुख सापकोटाले एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई पत्र लेखेर सर्वदलीय बैठकको निम्तो दिए पनि एमालेले माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीको उपस्थिती प्रति आपत्ति जनाउँदै बैठक बहिस्कार गरेको थियो ।

संसद चल्न पनि नदिने र सर्वदलीय बैठकमा पनि सहभागी नहुने रणनिती बनाएका एमालेले सभामुखलाई पत्र नै लेखेर माधव नेपालसहितका १४ सांसद माथिको कारबाहीबारे सूचना टाँस्न र सूचना टाँस नगर्ने हो भने ‘मार्ग प्रशस्त’ गर्न भनेको छ ।

यसअघि नेकपा एमालेले माधवकुमार नेपालसहित आफ्ना १४ सांसदलाई पदमुक्त गरेको पत्र सभामुखलाई बुझाएपनि सभामुख सापकोटाले आवश्यक अध्ययन गर्ने भन्दै एमालेको पत्रलाई बिचाराधीनमा राखेका थिए । निर्वाचन आयोगले पार्टी विभाजनको आधारमा नेकपा (एस) दर्ता गरेपछि मात्र सभामुखले पत्रको औचित्य नभएको निर्णय एमालेलाई पठाएका थिए ।

पार्टीले कारबाही गरेका १४ सांसदहरू पदमुक्त भएको सूचना सभामुखले सार्वजनिक गर्नुपर्ने एमालेको एक सूत्रीय माग छ ।

एमाले र सभामुख सापकोटाका बीच एमाले सत्तामा रहँदा र प्रतिपक्षमा हुँदा पनि विवाद र असमझदारी कायम रहँदै आएको छ । एमाले सत्तामा हुँदा एमसीसी टेबुल गर्न सभामुखले अवरोध गरेको दोषारोपण गरेको एमालेले आफु प्रतिपक्षमा पुगेपछि पार्टी फुटाउन सहयोगी भूमिका खेलेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  १० : ०१ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्