२१ चैत्र २०८२, शनिबार | April 4, 2026

एमालेले पत्रै लेखेर माग्यो सभामुख सापकोटाको राजीनामा



काठमाडौं । विवाद सुल्झाएर संसद सुचारु बनाउने सभामुख अग्निप्रसाद सापकोटाको प्रयासलाई नेकपा एमालेले अस्विकार गर्दै घुमाउरो पाराले सभामुख सापकोटाको राजीनामा मागेको छ । सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको नेकपा एमालेले सभामुखलाई मार्ग प्रशस्त गर्न पत्रपठाएको छ । एमालेले आज सभामुखलाई पत्र लेखेर माधव नेपालसहित १४ सांसदको कारबाहीबारे सूचना टाँस्न वा मार्ग प्रशस्त गर्न भनेको छ ।

सभामुख सापकोटाले एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई पत्र लेखेर सर्वदलीय बैठकको निम्तो दिए पनि एमालेले माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीको उपस्थिती प्रति आपत्ति जनाउँदै बैठक बहिस्कार गरेको थियो ।

संसद चल्न पनि नदिने र सर्वदलीय बैठकमा पनि सहभागी नहुने रणनिती बनाएका एमालेले सभामुखलाई पत्र नै लेखेर माधव नेपालसहितका १४ सांसद माथिको कारबाहीबारे सूचना टाँस्न र सूचना टाँस नगर्ने हो भने ‘मार्ग प्रशस्त’ गर्न भनेको छ ।

यसअघि नेकपा एमालेले माधवकुमार नेपालसहित आफ्ना १४ सांसदलाई पदमुक्त गरेको पत्र सभामुखलाई बुझाएपनि सभामुख सापकोटाले आवश्यक अध्ययन गर्ने भन्दै एमालेको पत्रलाई बिचाराधीनमा राखेका थिए । निर्वाचन आयोगले पार्टी विभाजनको आधारमा नेकपा (एस) दर्ता गरेपछि मात्र सभामुखले पत्रको औचित्य नभएको निर्णय एमालेलाई पठाएका थिए ।

पार्टीले कारबाही गरेका १४ सांसदहरू पदमुक्त भएको सूचना सभामुखले सार्वजनिक गर्नुपर्ने एमालेको एक सूत्रीय माग छ ।

एमाले र सभामुख सापकोटाका बीच एमाले सत्तामा रहँदा र प्रतिपक्षमा हुँदा पनि विवाद र असमझदारी कायम रहँदै आएको छ । एमाले सत्तामा हुँदा एमसीसी टेबुल गर्न सभामुखले अवरोध गरेको दोषारोपण गरेको एमालेले आफु प्रतिपक्षमा पुगेपछि पार्टी फुटाउन सहयोगी भूमिका खेलेको आरोप लगाउँदै आएको छ ।

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  १० : ०१ बजे

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा