२० असार २०८३, शनिबार | July 5, 2026

एमालेको कारवाहीमा परेका १४ जनाका विषयमा कानूनको प्रावधानका आधारमा निर्णय गरिएको छ : सभामुख सापकोटा



काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले प्रमुख प्रतिपक्ष एमालेले कारवाही गरेको भनिएका १४ जना सांसदका विषयमा आफुले प्रचलित कानूनको प्रावधानका आधारमा रही निर्णय लिएको बताएका छन् । बुधबार संसदमा एमालेले आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदको सूचना ननिकालेको भन्दै प्रश्न गरेपछि त्यसको जवाफ दिँदै सभामुख सापकोटाले त्यससम्बन्धमा आफुले गरेको निर्णय कानुनसम्मत रहेको जवाफ फर्काएका थिए ।

एमालेका तर्फबाट प्रमुख सचेतक विशाल भट्टराईले एमाले फुटोस् भन्ने मनसायले सभामुखले निर्णय लिन ढिलाइ गरेको भन्दै एमाले फुटाउने कार्यमा किन लागेको भनी सभामुख सापकोटासँग जवाफ माग गरेका थिए ।

सभामुख सापकोटाले १४ जना सांसदको कारबाहीको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै संविधानको धारा १०५ का अनुसार अदालतमा विचाराधीन मुद्दाको सन्दर्भमा संघीय संसदको कुनै सदनमा छलफल गर्न बन्देज गरेको संसदमा जानकारी दिए । उनले संसद बैठकमा सभामुखको विरोध गर्न नपाइने भन्ने व्यवस्था रहेको पनि सापकोटाले स्मरण गराए ।

सभामुखको जवाफ पछि पनि एमालेको नाबाजी नरोकिएपछि सभामुखले बैठक स्थगित गरेका छन् ।

‘प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को खण्ड ख, ग र घ को प्रावधानहरु समेत यहाँहरुलाई जानकारी छ भन्नेमा म विश्वस्त छु,’ सभामुख सापकोटाले संसदमा भने ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ मा छलफलमा भाग लिने सदस्यले पालना गर्नुपर्ने नियम सम्बन्धी व्यवस्था छ ।

जहाँ सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने, सदन वा सभामुखको कुनै निर्णय बदर गरियोस् भन्ने प्रस्तावमाथि बोल्दाको अवस्थामा बाहेक सदन वा सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने, संविधानको धारा १०५ ले बहसमा बन्देज गरेका विषयमा छलफल गर्न नहुने उल्लेख छ ।

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ५ : ०७ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी