२४ भदौ २०८३, बुधबार | September 9, 2026

हानिकारक स्यानिटाइजर र मास्क छ्यापछ्याप्ती



काठमाडौं । के तपाईंले प्रयोग गरिरहेको स्यानिटाइजर र मास्क गुणस्तरयुक्त छ त ? यसमा ध्यान नगएको हुन सक्छ है १ बजारमा गुणस्तरहीन सामग्री छ्यापछ्याप्ती पाइएका छन् । औषधि व्यवस्था विभागले गत वर्ष अनुगमन गर्दा २० कम्पनीबाट उत्पादित स्यानिटाइजर प्रयोग गर्नै नहुने पाइएको थियो। तर, मानव स्वास्थ्यलाई घातक त्यस्ता वस्तुको बिक्रीवितरण अझै रोकिएको छैन ।

कानुनी प्रक्रिया पुर्‍याएरै दर्ता गर्छन् । तर, उत्पादनका बेला गुणस्तर मापदण्ड पूरा गर्दैनन्’, विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी भन्छन्, ‘बजार निरीक्षण गर्न गयौं । शंका लाग्यो । प्रयोगशालामा नमुना परीक्षण गर्दा मापदण्डअनुसार पाइएन ।’

विभागमा मंगलबार व्यवसायीहरू फाइल बोकेर यताउता गरिरहेका थिए । वरिष्ठ औषधि व्यवस्थापक केसीको टेबलको आधा भागमा फाइलको चाङ थियो । केसी तिनै फाइलमा हस्ताक्षर गरिरहेका थिए ।

कतिपयले विभागमा दर्ता नै नगरी यस्ता स्वास्थ्य सामग्री अवैध ढंगले उत्पादन गरिरहेका छन् । अन्नपूर्ण खोज ब्युरोको सम्पर्कमा आएका केही व्यवसायीसँग दर्ता नम्बर माग्दा उनीहरूले आनाकानी गरे । कति होलान् यस्ता कम्पनी ? आजको अन्नपूर्ण पोस्ट दैनिकमा दिनेश गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  ७ : १४ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी