१७ बैशाख २०८१, सोमबार | April 29, 2024

महँगियो भारतीय विद्युत्, गत आवमा २.४४% बढी महसुल



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक गरेको गत आवको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदन अनुसार प्राधिकरणले गत आवमा भारतबाट १ किलोवाट आवर विद्युत् ७ रुपैयाँ ९५ पैसामा खरीद गरेको छ । जुन अघिल्लो आव २०७६र७७ को भन्दा १९ पैसाले बढी हो । अघिल्लो आवमा प्राधिकरणले भारतबाट १ किलोवाट आवर विद्युत् औसतमा ७ रुपैयाँ ७६ पैसामा खरीद गरेको थियो

भारतीय विद्युत् महँगोमा खरीद गरेको अवस्थामा स्वदेशी निजीक्षेत्रको विद्युत्को खरीद दर भने घटेको छ । गत आवमा निजीक्षेत्रबाट खरीद गरिने विद्युत्को औसत दर १९ दशमलव २६ प्रतिशतले घटेको छ । गत आवमा निजीक्षेत्रबाट १ किलोवाट आवर विद्युुत ५ रुपैयाँ ८६ पैसामा खरीद भएको छ । अघिल्लो आवमा भने ७ रुपैयाँ २५ प्रैसामा विद्युत् खरीद भएको थियो ।

यस्तै, गत आवमा भारतबाट हुने विद्युत् (इनर्जी) को आयात पनि ह्वात्तै बढेको देखिन्छ । गत आवमा भारतीय विद्युत्को आयात ६३ दशमलव ४५ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार गत आवमा २ हजार ८२६ गिगावाट आवर विद्युत् आयात भएको छ, जुन अघिल्लो आवको भन्दा बढी हो । अघिल्लो आवमा १ हजार ७२९ गिगावाट विद्युत् आयात भएको छ ।

पछिल्लो समय नेपालमा विद्युत्को उत्पादन बढ्दै गएको छ । तर, अधिकांश जलविद्युत् आयोजना नदी प्रवाहमा आधारित हुँदा हिउँदमा उत्पादन घट्ने गर्छ । त्यो समयमा विद्युत् माग पूरा गर्न भारतबाट आयात गरिँदै आइएको छ । वर्षात्को समयमा भने विद्युत् निर्यात पनि हुँदै आएको छ ।

गत आवमा नेपालमा ८ हजार ८७७ गिगावाट आवर विद्युत् खपत भएको छ । जुन अघिल्लो आवको तुलनामा १४ दशमलव ६८ प्रतिशतले बढी भएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आवमा ७ हजार ७४१ गिगावाट आवर विद्युत् खपत भएको थियो ।

गत आवमा निजीक्षेत्रबाट ३ हजार २४१ गिगावाट आवर विद्युत् आपूर्ति भएको छ । त्यो बाहेकका विद्युत् भने प्राधिकरणका आयोजनाहरूबाट नै आपूर्ति भएका बताइएको छ ।

प्राधिकरणका उपकार्यकारी निर्देशक तथा उत्पादन निर्देशनालयका प्रमुख हरराज न्यौपानेले दुई कारणले विद्युत्को आयात बढेको बताए ।हाइड्रोलोजीका कारण सुख्खायाममा नदीको पानी घट्दा र विद्युत् माग बढ्दा आयात बढेको उनको भनाइ छ । आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ७ : २२ बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको