३० कार्तिक २०८२, आइतबार | November 16, 2025

घाइतेको विमानमार्फत उद्धार



बैतडी । दशरथचन्द राजमार्गमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक जनालाई विमानमार्फत उद्धार गरिएको छ । उद्धार गरिनेमा पाटन नगरपालिका–६ का ३६ वर्षीय उद्धव जोशी रहेका छन् ।

घाइते जोशीको अवस्था गम्भीर रहेकाले समीट एयरको विमानमार्फत बुधबार अपराह्न थप उपचारका लागि नेपालगञ्ज पठाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । जोशीको टाउकामा गम्भीर चोट लागेको छ । स्थलमार्गबाट उपचारका लागि लैजान ढिलाइ हुने भएकाले विमान चार्टर गरिएको हो ।

राजमार्गअन्तर्गत पाटन–६ बेडौतीमा बुधबार से१ज ६३४ नम्बरको जिप र भे७प ४३४५ मोटरसाइकल एकापसमा ठोक्किदा तीन जना घाइते भएका थिए । मोटरसाइकल चालक उद्धवसहित उनीसँगै सवार पाटन–६ का ७३ वर्षीय अन्तराम पन्त र जिप चालक पाटन–१ का २३ वर्षीय ज्ञानेन्द्र भट्टराई घाइते भएका छन् ।

प्रकाशित मिति : ३१ भदौ २०७८, बिहिबार  ९ : ३४ बजे

लुम्बिनी प्रादेशिक अस्पतालको भौतिक प्रगति ३० प्रतिशत, दैनिक ३ सय जनशक्ति परिचालन

बुटवल । लुम्बिनी प्रदेश सरकारको गौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको

नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले लागुऔषध खैरो हिरोइन ओसारपसार गरी बिक्री

पेरिसडाँडामा नेपाली कम्युनिष्ट पार्टीको बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी सहितका दलहरु मिलेर

मालढुङ्गा-बेनी सडक दैनिक ७ घण्टा बन्द हुने

पर्वत । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत

हात्तीको बथान झापा प्रवेशः सुरक्षित रहन आग्रह

झापा । डिभिजन वन कार्यालय झापाले पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा