२४ श्रावण २०८३, आइतबार | August 9, 2026

भारतमा बन्धक बनाइएकी रुकुमकी युवतीको उद्धार



हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको उद्धार गरिएको छ । घरपरिवारको सम्पर्कमा समेत रहन नदिई बन्धक बनाएर घरेलु काममा लगााइएकी एक नेपाली युवतीको भारतबाट उद्धार गरेर घर सम्म पुर्याइएको हो ।

भारतको हिमाञ्चल प्रदशको कोतखाई भन्ने स्थानबाट रुकुम पश्चिमकी २१ वर्षीया युवतीको उद्धार गरिएको छ। पीडितका आफन्तले दिल्लीस्थित नेपाली दूतावासको हटलाइनमा फोन सम्पर्क गरेर उद्धारको आग्रह गरेसंगै ती युवतीको उद्धार गरिएको बताइएको छ । दूतावासले किन इन्डिया तथा हिमाञ्चलका प्रहरीसँगको समन्वय गरेर पीडितको उद्धार गरेको हो ।

किन इन्डियाका प्रमुख नविन जोशीले चार वर्ष अगाडि स्याउ बगानमा काम थालेकी किशोरीलाई बगानधनीले पछि घरमा काममा लगाएको बताए । घरमा काममा लगाएपछि पारिश्रमिक नदिने र घरपरिवारलाई समेत सम्पर्क गर्न नदिएर राखेको जोशीको भनाइ छ ।

किशोशी ११ कक्षा पढ्दै गर्दा हिमाञ्चल प्रदेश पुगेकी थिइन् । हिमाञ्चाल प्रहरी तथा स्थानीय बाल कल्याण समितिको सहयोग लिएर पीडितको उद्धार गरेको जोशीले जानकारी दिए । घटनाविरुद्ध प्रहरीमा उजुरी दिएर पीडकलाई कारबाहीको दायरामा ल्याइने उनले बताए ।

उद्धार गरिएको पीडित तनावमा देखिएकी छन् । उनको स्वास्थ्य उपचार तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाउने क्रममा रुकुम पुगेका किन इन्डियाका निर्देशक नविन जोशी लगायतको टिमलाई हर्सोलासका साथ गाउँलेले स्वागत गरेको थियो । बारम्बारको प्रयासको बाबजुद पनि उद्धार गर्न नसकेर पीडामा बसेका परिवारलाई आफ्नो छोरी सकुसल आफ्नो घरमा नै ल्याइपुयाए पछि परिविारमा मात्र होइन सम्पूर्ण गाउँलेहरुमा नै खुशी छाएको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहिबार  ५ : २० बजे

बढ्दै ग्यासको आयात, बिस्तारै हट्दै अभाव

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला

बुटवल । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा

सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक प्रतितोला ३ लाख

विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात्

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार