५ पुस २०८२, शनिबार | December 20, 2025

माणिग्राममा तिलोत्तमा गार्मेन्ट्स प्रालीको शुभारम्भ



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-५ मणिग्राममा शुक्रबारदेखि तिलोत्तमा गार्मेन्ट्स प्रालिको शुभारम्भ गरिएको छ ।

बिश्वकर्मा दिवसको अवसर पारी नगरपालिकाकि उप-मेयर जागेश्वरी चौधरीले रिवन काटेर सो गार्मेन्ट्सको उद्घाटन गरेकी हुन ।

तिलोत्तमाका सफल व्याबसायीहरु दिपक भुर्तेल, खिमानन्द भट्टराई र देवेन्द्र दर्नालले १ करोड बढी लगानिमा गार्नेन्ट्स सन्चालनमा ल्याएका हुन ।

शुक्रबार सम्पन्न शुभारम्भ कार्यक्रममा तिलोत्तमा गार्मेन्ट्स प्रालीका अध्यक्ष दिपक भुर्तेलले रुपन्देहीको केन्द्र भागमा रहेर आफुहरुले देशब्यापी रुपमा उत्कृष्ट सेवा प्रदान गर्ने बताए ।

सो गार्मेन्ट्समा विभिन्न खेलका जर्सी, स्कुल कलेजका ड्रेस, अन्य संघसंस्थाका ड्रेस साथै विभिन्न खाले गुणस्तरीय युनिफर्महरु सुपथ मुल्यमा उपलब्ध हुने उनले जानकारी दिए । उद्घाटनका अवसरमा सो गार्मेन्ट्सले आफ्नो उत्पादनका सामानमा २५% छुटको घोषणा समेत गरेको छ ।

तिलोत्तमा गार्मेन्ट्स प्रालिका प्रमुख दिपक भुर्तेलको अध्यक्षता, तिलोत्तमा नगरपालिकाकी उप-मेयर जागेश्वरी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सन्चालन देवेन्द्र दर्नाल र स्वागत खिमानन्द भट्टराईले गरेका थिए ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ७ : ३४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको