७ श्रावण २०८३, बिहिबार | July 23, 2026

रेल रोकिएको रोकियै



जनकपुधाम । गत वर्षको असोज ३ गते नेपाल सरकारले तामझामका साथ दुईवटा रेल नेपाल भित्र्यायो। नेपालले आफ्नै रेल किन्दा मुलुकमै खुसी छायो । तर, किनेको नयाँ रेल पनि थन्किएको एक वर्ष भएको छ। रेल छोपेको पालसमेत च्यातिएर धुजाधुजा भएका छन् । छोपिएको रेल नांगिएको छ । अझै सरकारलाई रेल चलाउने साइत जुरेको छैन ।

धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वा स्टेसनमा पहेलो पाल ओढाएर राखिएको रेल अलपत्र जस्तै बनेको छ । कर्मचारी भर्ना प्रक्रियाको जटिलताका कारण रेलको स्थायी सञ्चालन प्रक्रिया अनिश्चित बनेको हो ।

लामो समयपछि नेपाल सरकारको स्वामित्व भएको रेल गत वर्ष भारतको हाजिपुरबाट जयनगर हुँदै जनकपुरधाम कुर्था रेल्वे स्टेसनसम्म पुर्‍याइएको थियो । पहिलो पटक रेल चल्ने कुराले जनकपुरवासीमा पनि खुसीको सीमा थिएन । रेल आएपछि चल्ने र सबैलाई सहज हुने आशा बोकेका सर्वसाधारणले सरकारको प्रशंसा पनि गरे । तर रेल आएको वर्षदिन बित्दा पनि रेल चल्ने अझै सुरसार छैन् । रेल चलाउने आवश्यक भौतिक पूर्वाधार, कर्मचारी र कानुनको अभावमा एक वर्षदेखि भएको रेल पनि थन्क्याउनुपर्ने बाध्यता छ ।

निक्कै उत्साह र धूमधामका साथ हर्न बजाएर आफूहरू नै लागेर भित्र्याइएको रेल वर्ष दिनदेखि पालमुनि थन्किएपछि स्थानीय पनि निराश छन् । रेल भित्र्याउने समयमा एक महिनामा कर्मचारी भर्ना गरेर चलाउने भनिए पनि कर्मचारी भर्ना प्रक्रिया पेचिलो बन्दा रेल सञ्चालन अनिश्चित बनेको हो ।

‘चार-पाँच वर्षदेखि रेल चल्ने कुरा हुँदैछ तर, कहिले चल्छ अत्तोपत्तो छैन’ जनक नन्दनी गाउँपालिका-४ खजुरीकी सूर्यकला देवी कामतीले भनिन्, ‘रेल नचल्दा छौं ।’ उनी भन्छिन् ‘जयनगरबाट हाम्रो घर हुँदै जनकपुरसम्म रेल चल्छ भनिए पनि चलेन । रेल त आयो तर एक दिन पनि चलेन, अहिले थन्किएको छ, कहिले चल्छ ठेगाानै छैन’ उनले भनिन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा गोविन्द महतोले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ७ : २० बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट