२९ मंसिर २०८२, सोमबार | December 15, 2025

शारीरिक अपाङ्गता भएका व्याक्तिलाई बाख्रा पालन तालिम



बुटवल । शारीरिक अपाङ्गता भएका व्याक्तिहरुको लागि रुपन्देहीमा ५ दिने व्यवसायीक बाख्रा पालन तालिम सुरु भएको छ ।

राष्ट्रिय शाररिक अपाङ्ग संघ नेपाल र राष्ट्रिय शारीरिक अपाङ्गता संघ रुपन्देहीको आयोजना र सिलोम सेन्टर फर द ब्लाईन्ड कोरियाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो ।

राष्ट्रिय शारीरिक अपाङ्गता संघका अध्यक्ष किरण सिल्पकारको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका उप प्रमुख गुमादेवी आचार्यको प्रमुख आतिथ्यातमा तालिम शुरुवात गरिएको छ । कार्यक्रममा बोल्दै उप प्रमुख आचार्यले अपाङ्गता हुदैमा कोही पनि कमजोरी वा अभागी नहुने भन्दै उचित सिप र परिश्रममले नमुना उद्यमी बन्न सकिने बताईन ।

उनले यसको लागि स्थानिय सरकार जहिले पनि तयार रहेको भन्दै यसमा सहकार्य गरी उद्यमशिलता बनाउने अभियानमा आफु जहिले पनि लागिपरेको बताईन ।

कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष रमा ढकालले अपाङ्गता भएका व्याक्तिहरुले केही पनि गर्न सक्दैनन, उनीहरु समाजका बोझ मात्रै हुन भन्ने परम्परागत सोँचलाई परिर्वतन गर्न आवश्यक रहेको बताईन । उनले सिप सिकेर समाजमा उदाहरणीय पात्र बन्नको लागि समेत आग्रह गरिन ।

बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका र शुद्धोधन गाउँपालिका गरी ३ पालिकाका २० जना शाररिक अपाङ्गता भएका व्याक्तिहरुको तालिममा सहभागीता रहेको छ । कार्यक्रममा राष्ट्रिय शाररिक अपाङ्गता संघ रुपन्देहीका अध्यक्ष कल्पना ढकाल, रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसी लगायतको सहभागीता रहेको थियो ।

पावती न्यौपानेको सञ्चालनमा रहेको कार्यक्रमको ५ दिन सम्म प्रशिक्षक सुमन भट्राई, विष्णु प्रसाद रिमाल लगायतले सहजीकरण गर्ने छन् । संस्थाले प्रति परिवार २०÷२० हजार रुपैयाँ बाख्रा खरिदको लागि आर्थिक सहयोग समेत गरेको छ भने आवश्यक दाना समेत प्रदान गरेको छ ।

 

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ७ : ३७ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको