२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

आईसीसी विश्वकप क्रिकेट लिग-२ : नेपालद्वारा ओमान ७ विकेटले पराजित



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ ।

आइतबार अल अमिरात क्रिकेट मैदानमा १२१ रनको टार्गेटसहित जवाफि ब्याटिङमा आएको नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाउँदै १२२ रन बनाएको हो ।

नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक ५२ रन बनाए । ४६ बल खेलेका ज्ञानेन्द्रले २ छक्का र ४ चौका प्रहार गरे । यस्तै आशिफ शेखले ४० रन बनाए । ४४ बल खेलेका शेखले ७ चौका प्रहार गरे ।

ओमानका नेस्टर धम्बाले दुई विकेट लिए । कालीमुल्लाह एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनाउको थियो ।

ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए । यस्तै जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए ।

सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४-४ रन जोडे । सुरज कुमार र नेस्टर धाम्बा खाता नखोल्दै पेभेलियन फर्किए ।

कालिमउल्लाह ११ रनमा अविजित रहदा बिलाल खानले ९ रन बनाए । ओमानलाई सस्तैमा समेट्न करण केसी र सन्दीप लामिछानेले ४-४ विकेट लिए । शरद भेषवाकरले २ विकेट लिए ।

लिग-२ शृंखलामा नेपालले पहिलो पटक ओमानलाई पराजित गरेको हो । गत मंगलबार भएको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

त्यसअघि शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । तर, दोस्रो खेलमा अमेरिकाले नेपाललाई ६ विकेटले हराएको थियो ।

लिग-२ मा नेपाल ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान १३ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ९ : २१ बजे

विराटनगर किङ्सलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा, सुदूरपश्चिम रोयल्ससँग उपाधि भिडन्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बिहीबार सम्पन्न

जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच

एनपीएल फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले १३५ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा फाइनल

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर

टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरअन्तर्गत