२३ बैशाख २०८३, बुधबार | May 6, 2026

मेयर सुवेदीमाथि भएको आक्रमण प्रयासका दोषीलाई कडा कारवाही गर्न बुटवल उपमहानगरको माग



बुटवल । बुटवल उपमहानगरपालिकाले मेयर शिवराज सुवेदीमाथि भएको आक्रमण प्रयासप्रति खेद व्यक्त गरेको छ ।

उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले सोमबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै अराजक व्यक्तिहरुले नियोजित रुपमा सुरक्षा निकायको उपस्थितिमा प्रमुखमाथि आक्रमण प्रयास गरेको जनाएका छन् । प्रवक्ता रेग्मीले प्रमुखमाथि भएको घटनामा संलग्न एवं दुरुत्साहान गर्ने उपर छानविन गरी यथाशीघ्र कारवाही गर्न माग गरेका छन् ।

मेयर सुवेदीसहित उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, प्राविधिक टोलीसहित बुटवलको ज्योतिनगर लक्ष्मीनगरमा असोज ४ गते बिहान गएको पहिरोको जोखिमबारे अवलोकन गर्न जाँदा आक्रमण भएको थियो । एक व्यक्तिले सुवेदीलाई दगुर्दै आएर मुक्का हानेर लडाएका थिए । त्यस क्षेत्रमा गत भदौ १३ गते गएको पहिरो र लेदोयुक्त बाढीले दुई दर्जन घरमा क्षति पुर्याएको थियो ।

उपमहानगरले आजको घटनाबाट विचलिन नभई ज्योतिनगर, लक्ष्मीनगरबासीको जीउज्यानको सुरक्षा, राहत र उद्दारमा लाग्न सबै नगरबासीलाई अपील गरेको छ । यस्तै, उक्त क्षेत्रको तत्कालिन र दीर्घकालीन रुपमा बस्तीलाई सुरक्षित बनाउन संघ र प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण पनि गरेको छ ।

यसैबीच नेपाल नगरपालिका कर्मचारी एशोसिएसनले पनि आक्रमणको निन्दा र भत्सर्ना गर्दै दोषीलाई तत्काल कारवाही गर्न माग गरेको छ ।

 

 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ७ : ०९ बजे

कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको

हतियार देखाएर शृङ्खलाबद्ध लुटपाटको अभियोगमा दुई जना पक्राउ

काठमाडौँ । हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

बागलुङ । बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज

संवैधानिक परिषद् बैठक बिहीबार

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक

पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानीः विवरण बुझाउन गृहलाई कडा निर्देशन

काठमाडौँ । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण