२९ भदौ २०८३, सोमबार | September 14, 2026

भित्ते चित्रमा झल्कियो बुटवलको इतिहास, संस्कृति र गौरवगाथा (फोटो फिचरसहित)



बुटवल । बुटवल उपमहानगरपालिकाअन्तर्गत लुम्बिनी बस टर्मिनल (नयाँ बसपार्क) को ठीक सामुन्ने रहेका भित्ताहरू बुटवलको इतिहास, संस्कृति, सम्पदा र गौरव झल्काउने आकर्षक भित्ते चित्रले सजिएका छन् । कलाकारहरूले जेठ ३० गतेदेखि तीन दिनसम्मको मेहनतमा भित्ताहरूलाई सौन्दर्य, इतिहास र पहिचानसँग जोड्ने काम गरेका हुन् ।

बुटवलको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वलाई चित्रमार्फत प्रस्तुत गरिएको भित्ते चित्रमा आदि मानव रामापिथेकसको बंगरा भेटिएको स्थल, नेपाल-अंग्रेज युद्धमा नेपाली सेनाले विजय हासिल गरेको जितगढी किल्ला, पुरानो बुटवलको नून साट्ने थलोदेखि आधुनिक बुटवलसम्मको विकास यात्रालाई समेटिएको छ ।

बुटवल उपमहानगरपालिकाको आयोजना तथा नेपाल व्यवसायिक कलाकार संघ रुपन्देहीको सहकार्यमा तयार गरिएका यी चित्रहरूले बुटवलको पहिचानलाई दृश्य माध्यमबाट प्रस्तुत गरेका छन् । यहाँ आउने जो-कोहीले चित्रमार्फत बुटवलको इतिहास र विकासक्रमबारे जानकारी प्राप्त गर्न सक्नेछन् ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवल बजार सौन्दर्यकरण अभियानअन्तर्गत हाललाई भुड्कीचोकदेखि सडक डिभिजन कार्यालयको गेटसम्म भित्ते चित्रलेखन गरिएको जानकारी दिए । उनले यस अभियानले बजारको सौन्दर्य बढाउनुका साथै स्थानीय कलाकारहरूको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

नगरप्रमुख पाण्डेयले आगामी दिनमा यस्ता कार्यक्रमलाई थप विस्तार गर्ने योजना रहेको बताउँदै भित्ते चित्रमार्फत बुटवलको ऐतिहासिक तथा सांस्कृतिक पहिचानलाई उजागर गर्न सहयोग पुग्ने बताए ।

नेपाल व्यवसायिक कलाकार संघ रुपन्देहीका अध्यक्ष दिलीप रसाइलीले उपमहानगरपालिकाको यस्तो पहलले शहरको सौन्दर्य अभिवृद्धिसँगै स्थानीय कलाकारहरूको प्रतिभा संरक्षण र प्रोत्साहनमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

बुटवल उपमहानगरपालिका रोजगार प्रवर्द्धन शाखा प्रमुख अरबिन्द पाण्डेका अनुसार भित्ते चित्रलेखन कार्यमा स्थानीय २१ जना कलाकारहरूको सहभागिता रहेको थियो ।

फोटो फिचरसहित

 

 

 

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  ८ : ४२ बजे

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने

काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं

भक्तपुरमा केदारनाथ मन्दिर खुला : साँझ महाआरती गरिँदै

भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला