१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कसैलेपनि संविधान भन्दा माथि हुने चेष्टा नगर्न लुम्बिनी प्रदेश प्रमुख शेरचनको आग्रह



बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोही कसैले पनि संविधान भन्दा माथि हुने चेष्टा नगर्न आग्रह गरेका छन् । संविधान दिवसको अवसरमा सोमवार प्रदेश प्रमुखको कार्यालय बुटवलमा आयोजना गरिएको शुभकामना आदन प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले कोही कसैले पनि संविधान भन्दा माथि हुने चेष्टा नगर्न आग्रह गरेका हुन् । शेरचनले वर्तमान संविधानले नै संविधान भन्दा माथी कोही नरहने व्यवस्था गरेकाले संविधान भन्दा माथि कोही हुन नसक्ने बताए ।

उनले दीगो शान्ति सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानले मार्गनिर्देश गरेको लक्ष्यतर्फ जनतालाई अग्रसर बनाउनुपर्नेमा जोड दिँदै तीनै तहका सरकार समृद्दीको मार्गमा कृयाशील रहन आग्रह गरे । देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रहेको स्मरण गर्दै प्रदेश प्रमुख शेरचनले राजनीतिज्ञहरुले भ्रष्टाचार रहित गुणस्तरीय सेवामार्फत जनतालाई सेवा गर्नुपर्ने बताए ।

उनले हाल विश्वमा महामारीका रुपमा रहेको कोभिड १९ ले जनताको जनजीवन कष्टकर बनाएको बताउँदै अझै पनि महामारी अन्त्य नभएको भन्दै सचेत रहन आग्रह गरे ।

शुभकामना आदन प्रदान कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशसभाका सभामुख पूर्णवहादुर घर्ती, उपसभामुख कृष्णी थारु, मन्त्रीहरु, राजनीतिक दलका प्रतिनिधि,सुरक्षा निकायका प्रमुख, लगाएतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ९ : २१ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु