४ कार्तिक २०८३, बुधबार | October 21, 2026

एएफसी महिला एसियन छनोट : हङकङविरुद्ध नेपाल खेल्दै, जित्नैपर्ने दबाब



काठमाडौं । पहिलो खेलमा फिलिपिन्सविरुद्ध हार ब्यहोरेको नेपालले एएफसी महिला एसियन कप-२०२२ छनोटको दोस्रो खेलमा आज (मंगलबार) हङकङविरुद्ध खेल्दैछ ।

उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपाल र हङकङबीचको खेल स्थानीय समयअनुसार साँझ ६ बजे सुरु हुनेछ ।

यसअघि नेपाल पहिलो खेलमा फिलिपिन्ससँग अन्तिम समय सम्हालिन नसक्दा पराजित हुन पुगेको थियो । विमल चौधरीको हेडिङ गोलसँगै खेलमा अग्रता बनाएको नेपाल अन्तिम २ मिनेटमा दुई गोल ब्यहोर्न पुगेको थियो ।

एसियन कपमा छनोट हुने लक्ष्य लिएको नेपाली टिम हङकङविरुद्ध जित निकाल्ने योजनासहित मैदान उत्रने छ । एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न नेपाललाई हङकङविरुद्ध जित्नै पर्ने दबाब छ ।

प्रशिक्षक ग्यारी फिलिप्सले हङकङविरुद्ध समेत पहिलो खेलकै सुरुवाती एघार खेलाउन सक्छन् । पहिलो खेलमा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेसँगै उनले सुरुवाती एघारलाई नै निरन्तरता दिन सक्छन् ।

समूह एफ मा फिलिपिन्स तीन अंक सहित शीर्षस्थानमा छ । समूहको शीर्ष टोली भारतमा हुने एएफसी महिला एसियन कपमा छनोट हुनेछ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ८ : ४८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

पश्चिम नेपालका कम्युनिष्ट अगुवा बाबुराम गौतमको निधन

खजुरा । बाँकेका कम्युनिष्ट अगुवा तथा पूर्व प्रदेश सभा सदस्य

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)को

एयर पेस्तोल देखाई मार्ने धम्की दिने एक जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाई मार्ने

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

पेरिस । फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिएपछि