१२ बैशाख २०८१, बुधबार | April 25, 2024

एकीकृत भन्सार जाँचचौकी रानीबाट एक वर्षमा चालीस अर्ब राजस्व



विराटनगर । एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कूल रु ४० अर्ब आठ करोड १९ लाख १३ हजार राजस्व सङ्कलन गरी ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको छ ।

सो अवधिमा कार्यालयले रु ४६ अर्ब १४ करोड ९५ लाख ८९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८८ दशमलव ४५ प्रतिशत प्रगति गरेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ को तुलनामा रु १२ अर्ब ४५ करोड ५५ लाख ८४ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख शिव भण्डारीले बताए ।

उनका अनुसार सो वर्ष कूल रु २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार राजस्व सङ्कलन भएको थियो । सोही वर्ष कार्यालयले कूल रु ४९ अर्ब ६४ करोड ६० लाख ४६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु २१ अर्ब २८ करोड २६ लाख १७ हजारले कम अर्थात ५७ दशमलव १३ प्रतिशत मात्र लक्ष्यमा प्रगति हासिल गरेको थियो ।

कार्यालयबाट प्राप्त जानकारी अनुसार आर्थिक वर्ष २०७४÷७५ मा रु ३२ अर्ब ८१ करोड ३० लाख ८३ हजार राजस्व सङ्कलन भएको थियो । सो अवधिमा रु ३१ अर्ब २४ कारेड ४८ लाख ८१ हजार लक्ष्यमा रु एक अर्ब ५६ करोड ८२ लाख दुई हजारले बढी अर्थात १०५ दशमलव शूल्य दुई प्रतिशत प्रगति गरेको थियो ।

यस्तै, आर्थिक वर्ष २०७५/७६ मा कूल रु ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु ३८ अर्ब २८ करोड ९४ लाख ८८ हजार मात्र राजस्व सङ्कलन गरेको थियो । यसैगरी, चालू आर्थिक वर्षको दुई महिना साउन र भदौमा कूल रु सात अर्ब २१ करोड ९४ लाख ११ हजार राजस्व सङ्लन गरेको छ ।

सो राजस्व साउन महिनामा रु तीन अर्ब ३४ करोड ९६ लाख ९८ र भदौमा रु तीन अर्ब ८६ करोड ९७ लाख १३ हजार सङ्कलन भएको हो । यी दुई महिनामा कार्यालयले साउनमा ११५ दशमलव ८२ प्रतिशत र भदौमा १०० दशमलव १३ प्रतिशत प्रगति गरेको भन्सार अधिकृत प्रकाश भट्टराईले जानकारी दिए ।

आर्थिक वर्ष २०७४/७५ मा लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गरेको सो कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा पनि राजस्व लक्ष्य भन्दा कम उठ्नुको कारण सो वर्ष फागुन महिनादेखि आयात घट्नु, जोगबनी र बथनाहाको बीचमा पर्ने मिरगञ्ज पुलमा अवरोध आउनुको कारण रहेको बताइएको छ । गएको अर्थिक वर्षमा कोभिड–१९ को विश्वव्यापी महामारी फैलिनु र नेपाल सरकारले गएको चैत ११ गतेबाट बन्दाबन्दी घोषणा गरेको कारण व्यापारिक कारोबार ठप्प हुनु, आयात निर्यात नहुनुले पनि लक्ष्य अनुसारको राजस्व सङ्कलन नभएको भन्सार प्रमुख शिव भण्डारीले जानकारी दिए ।

उनले यस्तो समस्याको बाबजुद पनि कार्यालयले निरन्तर भन्सार राजस्वमा निगरानी बढाएकोले धेरै हदसम्म भन्सार उठाउन सफल भएको बताए ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १ : ५५ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको