२६ माघ २०८२, सोमबार | February 9, 2026

बिनानिष्कर्ष सकियो सत्तारुढ गठबन्धनको बैठक



काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बेलुकी बसेको बैठक बिना कुनै निष्कर्ष सकिएको हो ।

आजको बैठकमा मन्त्रिपरिषद् विस्तार, राजनीतिक दलसम्बन्धी अध्यादेश र समसाययिक विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो तर, कुनै विषयमा पनि सहमति जुटाउन नसकेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार भोलि पुनः बैठक बस्ने भनेर नेताहरु उठेका छन् ।

आजको बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायत नेताहरु उपस्थित भएका थिए ।

गठबन्धनको बैठक सुरु हुनुभन्दा अगाडि कांग्रेसको पदाधिकारी, माओवादी केन्द्रको स्थायी समिति र एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बसेको थियो । सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा चर्को आलोचना भैरहेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ९ : १० बजे

बुटवलमा ‘बिग मास्टर’को रिटेल-होलसेल अन्तरक्रिया, ३३० एमएल बोटल सार्वजनिक

बुटवल । स्वदेशमै उत्पादन हुँदै आएको रोयल काठमाडौं बेभरेज प्रालिको

श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड २० रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा आयोजक श्रीलंकाले विजयी सुरुवात

रुद्रवेणी-वामीटक्सार सडक अवरुद्ध हुने

गुल्मी । गुल्मीको रिडी‐रुद्रवेणी-वामीटक्सार-सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ ।

निर्वाचन आउन २४ दिन बाँकी : आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौं । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल