४ पुस २०८२, शुक्रबार | December 20, 2025

नर्भिक हस्पिटलमा ग्याष्ट्रिकका बिरामीलाई निःशुल्क ओपिडी सेवा



काठमाडौं । नर्भिक हस्पिटलले ग्याष्ट्रिकका बिरामीलाई फ्री ओपिडी सेवा दिने भएको छ । हस्पिटलले शनिबार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित समस्या भएका बिरामीलाई लक्षित गरी निःशुल्क सेवा दिने भएको हो ।

सो सेवा नर्भिक अस्पतालका ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा.वरुणकुमार साहले दिनेछन् । उनका अनुसार ग्याष्ट्रिक तथा पेटसँग सम्बन्धित विभिन्न समस्या भएकाले निःशुल्क ओपिडी सेवामा सहभागी भएर लाभ लिन सक्ने छन् । निःशुल्क ओपिडी सेवा शनिबार बिहान १० देखि मध्यान्ह १२ बजेसम्म सञ्चालन हुनेछ ।

नर्भिकले विगत केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोन सिबिलीटी (सीएसआर) अन्तर्गत प्रत्येक शनिबार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ ।

निःशुल्क ओपिडी सेवा लिन वा यो अभियानको विषयमा थप जानकारी लिनका लागि नर्भिक अस्पतालका ओपीडी म्यानेजरलाई ९८०१२२५३१८ नम्बर वा नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  १२ : ०१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको