६ श्रावण २०८३, बुधबार | July 22, 2026

बाँकेमा दुई हजार ९३० अस्थायी मतदाता कायम



नेपालगन्ज । बाँकेमा दुई हजार ९३० अस्थायी मतदाता कायम गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयले आज यहाँ आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार’ विषयक अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो ।

कार्यालयका प्रमुख टेकबहादुर शाहीले अस्थायी मतदाताका निम्ति जिल्लामा तीन अस्थायी मतदान केन्द्रसमेत निर्धारण गरिएको जानकारी दिए। निर्वाचन क्षेत्र नं १ को बैजापुरस्थित नौवस्ता कारागार, निर्वाचन क्षेत्र नं २ को बाँके कारागार र कर्मचारीका लागि रामलिला मैदानमा अस्थायी मतदान केन्द्र निर्धारण भएको उनले बताए ।

अस्थायी मतदाताले तोकिएका अस्थायी मतदान केन्द्रबाट समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्न पाउँछन् । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार तथा प्रदेश सरकारको स्वामित्व र नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा वा कैदी, वृद्धाआश्रममा बसेका व्यक्तिलाई अस्थायी मतदाताका रूपमा मानिएको छ ।

कार्यालय प्रमुख शाहीले निर्वाचनको करिब सबै तयारी पूरा गरिएको र शनिबारदेखि सबै निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री पठाउने कार्य सुरु हुने जानकारी दिए । “अब करिब १० प्रतिशत काम बाँकी छ । जिल्लाका तीनै निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री पठाउने काम १७ गतेसम्म जारी रहन्छ । जिल्लामा परिचालन हुने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको तालिमसमेत सम्पन्न भइसकेको छ”, उनले भने ।

जिल्लामा १३९ मतदानस्थल, ४०० मतदान केन्द्र र तीन लाख ५० हजार ३७१ मतदाता रहेका छन् । जस अनुसार बाँकेमा महिला मतदाता १ लाख ७२ हजार २२३ जना, पुरुष मतदाता १ लाख ७८ हजार ३३९ जना र अन्य ९ जना मतदाता रहेका छन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  ४ : ५७ बजे

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको