७ आश्विन २०८३, बुधबार | September 23, 2026

आर्थिक वर्ष २०७८/७९ को बजेट राष्ट्रियसभाबाट पारित, राष्ट्रपति प्रमाणिकरण पछि कार्यान्वयनमा जाने



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०७८ लाई पारित गरियोस भन्ने प्रस्ताव राष्ट्रियसभाको बहुमतले पारित गरेको छ । अर्थमन्त्री शर्माले बिहिबार बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट बहुमतले पारित गरेको हो ।

अर्थमन्त्रीले पेश गरेको प्रस्तावलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले भने उठेर विरोध जनाए पनि सभाको बहुमत सदस्यले अर्थमन्त्रीको प्रस्ताव बहुमतले पारित गरेको थियो ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटमाथि गत साउन २५ गते अर्थमन्त्री शर्माले प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभाबाट एमालेको नाराबाजीका बीच पारित भएको सो विधेयक सन्देशसहित राष्ट्रियसभामा पठाइएको थियो । प्रतिनिधिसभाबाट पारित भएको आएको सो विधेयक राष्ट्रियसभाले स्वीकृत गरेसँगै राष्ट्रपतिले प्रमाणित गरेपछि कार्यान्वयनमा आउनेछ । राष्ट्रियसभाको अर्को बैठक असोज ८ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  २ : ४६ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई