६ बैशाख २०८१, बिहिबार | April 18, 2024

आर्थिक वर्ष २०७८/७९ को बजेट राष्ट्रियसभाबाट पारित, राष्ट्रपति प्रमाणिकरण पछि कार्यान्वयनमा जाने



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०७८ लाई पारित गरियोस भन्ने प्रस्ताव राष्ट्रियसभाको बहुमतले पारित गरेको छ । अर्थमन्त्री शर्माले बिहिबार बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेट बहुमतले पारित गरेको हो ।

अर्थमन्त्रीले पेश गरेको प्रस्तावलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले भने उठेर विरोध जनाए पनि सभाको बहुमत सदस्यले अर्थमन्त्रीको प्रस्ताव बहुमतले पारित गरेको थियो ।

केपी ओली नेतृत्वको अघिल्लो सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटमाथि गत साउन २५ गते अर्थमन्त्री शर्माले प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए ।

प्रतिनिधिसभाबाट एमालेको नाराबाजीका बीच पारित भएको सो विधेयक सन्देशसहित राष्ट्रियसभामा पठाइएको थियो । प्रतिनिधिसभाबाट पारित भएको आएको सो विधेयक राष्ट्रियसभाले स्वीकृत गरेसँगै राष्ट्रपतिले प्रमाणित गरेपछि कार्यान्वयनमा आउनेछ । राष्ट्रियसभाको अर्को बैठक असोज ८ गते बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  २ : ४६ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी