७ आश्विन २०८३, बुधबार | September 23, 2026

जाभा दशै फेष्टो तथा वार्षिकोत्सव



बुटवल । अन्तराष्ट्रिय बजारमा नाम कमाएको जाभा कम्पनीको बाईक रुपन्देहीमा भित्रिएको एकवर्ष पूरा भएको छ । रुपन्देहीमा अमाएरा ट्रेडिङ प्रालिले एक वर्ष अघि भित्राएको हो । पहिलो वार्षिकोत्सवसंगै दशै फेष्टो सप्ताहब्यापी रुपमा मनाउने भएको छ ।

बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरि पर्यटन प्रवद्घनका कार्यक्रमसहित बुटवल देखि रानीमहल, भैरवस्थानसम्म पर्यटन यात्रा, प्याग्लाईडिङ खेलसमेत गरिने भएको अमाएरा ट्रेडिङ प्रालिका संचालक नरेश जिसिले बताए । समृद्धि रिसोर्टमा वन नाईट स्टेको ब्यवस्था गरिएको उनले बताए ।

एक वर्षको छोटो अवधिमा नै बजारमा राम्रो विक्रि वितरण भैरहेको उनले बताए । ब्यापारसंगै पर्यटन प्रवद्घन गर्ने लक्ष्य रहेको उनले बताए । विहिबार हुने यात्रामा ३५ जना बाईक राईडरहरु सहभागी हुने उनले बताए । यस क्षेत्रका पर्यटकिय क्षेत्रहरुको भ्रमणसंगै दशै अफरमा राईडिङ ज्याकेट, हेल्मेट, लेगार्ड समेत उपलब्ध हुने उनले बताए ।

चेक रिपब्लिकमा निर्माण भएको बाईक अहिले महिन्द्रा कम्पनीले भारतमा उत्पादन गर्दै आएको छ। नेपालमा भने अग्नि ग्रुपले भित्राएको हो । रुपन्देहीमा अमाएरा ट्रेडिङ प्रालिले एक वर्ष अघि भित्राएको हो । विश्वमा नै १९२९ मा पहिलोपटक निकालिएको यो पुरानो बाईक भएको उनले दाबी गरे । विक्रिसंगै सेवासुविधालाई प्राथमिकता दिएसंगै पछिल्लोसमय बाईकको नेपाली बजार राम्रो रहेको उनले बताए ।

शुरुवातमा धेरै युवाहरुमाझ आकर्षक मोडलका कारण नै जाभा क्लासिक, जाभा ४२ गरि ३०० सिसिका र जाभा प्यारेक ३५० सिसिका ३ मोडलमा रहेका छन । सिगल च्यानल एभिएस र डबल च्यानल एभियस गरि यसको विशेषताका आधारमा मूल्य फरक रहेका छन ।

नेपाली बजारमा युवाहरुमाझ धेरै लोकप्रिय रहेको छ । बाईक १४ लिटर पेट्रोल ट्याक र ७ सय ६५ एमएम सिट उचाई भएको, विएसिक्स इन्जिन, लिक्विण्ड कुलिङ इन्जिन र ईएफआई विथ ६ गियर रहेको छ । बाईकको मूल्य ६ लाख २० हजार रुपैयादेखि शुरु भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ८ : ०९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई