१९ माघ २०८२, सोमबार | February 3, 2026

द्वन्द्वग्रस्त मुलुकबाहेक अरु सबै देशका नागरिकलाई अनअराइभल भिसा



काठमाडौं । सरकारले विभिन्न १२२ देशका नागरिकलाई अनअराइभल भिसा नदिने भएको छ । अध्यागमन विभागले अन्य सबै देशका नागरिकलाई विमानस्थलमा नै अनअराइभल भिसा सुविधा दिने उल्लेख गर्दै द्वन्द्वग्रस्त ती देशका नागरिकलाई कूटनीतिक नियोगमार्फत नै प्रवेशाज्ञा लिनुपर्ने उल्लेख गरेको छ ।

विभागका अनुसार नाइजेरिया, घाना, जिम्बाबे, स्वाजील्याण्ड, क्यामरुन, समोलिया, लाइबेरिया, इथोपिया, इराक, प्लोस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकले अनअराइभल भिसा नपाउने जनाएको छ । ती देशका नागरिकले नेपालको भ्रमण गर्न चाहेको खण्डमा आकस्मिक राहदानी बाहकले अनिवार्य रुपमा कूटनीतिक नियोगबाट प्रवेशात्रा लिनुपर्ने विभागले जनाएको छ ।

विभागले अनअराइल भिसाका लागि कोरोनाको खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, हवाई उडानको लागि चेक इन हुनुभन्दा ७२ घण्टा भित्रको र स्थलमार्गबाट आगमन हुनेको हकमा नेपाल प्रवेश गर्नुभन्दा ७२ घण्टा भित्रको कोभिड-१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण आवश्यक पर्ने जनाएको छ ।

पर्वतारोह र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सोसम्बन्धी अनुमतिको प्रतिलिपी, नेपालमा होटल बुक गरेको प्रमाण आवश्यक पर्ने विभागले जनाएको छ । मन्त्रिपरिषद्को यही असोज ५ गतेको निर्णयअनुसार विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश, २०७८ अनुसार यात्रुको आवागमन सम्बन्धमा नयाँ व्यवस्था गरिएको विभागले स्पष्ट पारेको छ ।

त्यस्तै, पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको हकमा कुनै खोप र परीक्षण आवश्यक नपर्ने विभागको सूचनामा उल्लेख छ । पाँच वर्षभन्दा बढी र १८ वर्षभन्दा कम उमेरका बालबालिकको हकमा अन्य व्यवस्था नेपाली वा विदेशी नागरिक सरह हुने स्पष्ट पारिएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  १० : ४७ बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली