२४ भदौ २०८३, बुधबार | September 9, 2026

एमालेमा उपाध्यक्ष ३ कि ७ ?



काठमाडौं । एमालेमा सात उपाध्यक्ष र त्यति नै संख्यामा सचिव बनाउन नेताहरूले सुझाव दिएका छन । केन्द्रीय कमिटीको जारी बैठकमा उपाध्यक्षको संख्या थप्न सुझाव दिइएको हो ।

उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि छलफल गर्न बनाइएका समूहहरूले उपाध्यक्षको संख्या थप्न सुझाव दिएका हुन । उपमहासचिव पौडेलको प्रस्तावमा तीन उपाध्यक्ष र ७ सचिवको प्रस्ताव गरिएको छ ।

समूहगत छलफलपछि शनिबार अधिकांश टोली नेताले उपाध्यक्ष बढाउनुपर्ने सुझाव दिएका छन । प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रदेशअनुसार उपाध्यक्ष संख्या राख्नुपर्ने सुझाव आएको जानकारी दिए । समूहगत टोली नेताहरूले उपाध्यक्षलाई प्रदेश नेतृत्वको जिम्मेवारी दिन पनि सुझाव दिएका थिए ।

नवौं महाधिवशेनदेखि ५ उपाध्यक्षको व्यवस्था गरिएको थियो । पार्टीमा विवादकैबीच अध्यक्ष ओली निकट केन्द्रीय सदस्यहरूको बैठकमा २ र पछि १ थप गरेर तीन उपाध्यक्षको प्रस्ताव गरिएको थियो ।

प्रचार विभाग प्रमुख भट्टराईका अनुसार पार्टीको कुनै पनि कार्यकारी पदमा दुई कार्यकाल मात्र जिम्मेवारी पाउने गरी विधानमा व्यवस्था गर्नुपर्ने सुझाव टोली नेताहरूले राखेका छन ।

पार्टीको जिम्मेवारी लिन ७० वर्ष उमेर हद कायम गर्न पनि समूहगत छलफलबाट सुझाव आएको भट्टराईले जानकारी दिए । पार्टीको हालको विधानमा पनि ७० वर्षे उमेरहद र कार्यकारी पदमा दुई कार्यकाल मात्रै रहन पाउने व्यवस्था छ ।

प्रदेश १ को समूहबाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, बागमती प्रदेशबाट आनन्द पोखरेल, गण्डकी प्रदेशबाट जगतबहादुर विश्वकर्मा, लुम्बिनी प्रदेशबाट दलबहादुर राना, कर्णाली प्रदेशबाट यामलाल कँडेल र सुदूरपश्चिमबाट कर्ण थापाले समूहको सुझाव प्रस्तुत गरेका थिए ।

यस्तै, उपत्यका विशेषबाट माधव ढुंगेल, जनसंगठनबाट खिमलाल भट्टराई र विभागको तर्फबाट खगराज अधिकारीले सुझाव राखेका थिए । आजको अन्नपूर्ण पोस्टमा सुरेन्द्र काफ्लेले यो समाचारलेखेका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ७ : ४१ बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४