३ भदौ २०८३, बुधबार | August 19, 2026

मैत्रीपूर्ण फुटबलः नेपाल र ओमानबीच आज खेल हुँदै



काठमाडौं । आगामी पुरुष साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग आज आइतबार मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपाल र ओमानबीचको खेल आइतबार कतार युनिभर्सिटी मैदानमा हुनेछ । खेल स्थानिय समय अनुसार राति ७ बजे हुनेछ । हाल फिफा बरीयतामा ओमान निकैनै बलियो स्थितिमा छ । ओमान पछिलो बरीयता अनुसार ७८ स्थानमा रहँदा नेपाल १६८ स्थानमा छ ।

साफको तयारीमा रहेको नेपाली टिम यतिबेला कतारमा छ । यसअघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।नेपाली टिम कतारबाट साफका लागि सेप्टेम्बर २७ मा माल्दिभ्स जाने छ ।

आगामी अक्टोबर १ देखि १६ सम्म मालेमा आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल १५ असोजमा हुनेछ । दोस्रो खेल १८ असोजमा श्रीलंकासँग खेल्नेछ।

नेपालले तेस्रो खेल २४ असोजमा भारतसँग खेल्दा २७ असोजमा बंगलादेशसँग खेल्नेछ । तालिकाको शीर्ष दुई टोलीले ३० असोजमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यस पटक साफमा पाकिस्तान र भुटानको सहभागिता रहने छैन ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : ४८ बजे

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

टोखा-छहरे सडक राति बन्द हुने

त्रिशूली । वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

मानव बेचबिखनविरुद्धको २० औँ राष्ट्रिय दिवसको नारा तय

काठमाडौं । सरकारले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध जनचेतना बढाउँदै सभ्य

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल