७ आश्विन २०८३, बुधबार | September 23, 2026

शान्ति दिवसमा लुम्बिनीमा स्काउटको साइकल ¥याली



लुम्बिनी । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा लुम्बिनी प्रदेश स्काउटद्वारा बिश्व शान्तिको मुहान भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनिमा आयोजित साइकल र्याली कार्यक्रम सम्पन्न गरेको छ ।

शान्तिको मुहान, बुद्धत्वको विकास भएको स्थल लुम्बिनीबाट विश्व शान्ति र वातावरणमैत्री मानव क्रियाकलापको सन्देश दिने भन्दै साइकल ¥याली गरिएको आयोजक लुम्बिनी प्रदेश स्काउटले जानकारी दिएको छ ।

लुम्बिनी प्रवेशको मुख्यद्वारबाट साइकल ¥याली सुरु गरि विभिन्न स्थानको परिक्रमा गरिएको थियो । ¥यालीले लुम्बिनीका पर्सा चोक-बसपार्क-शान्तिदिप हुँदै मायादेबी मन्दिर परिसर सम्म पुगेको थियो । त्यहाँ संक्षिप्त कार्यक्रमको आयोजना गरि ¥याली समापन गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै स्काउट प्रदेश संयोजक दिनानाथ भट्टराइले विश्वभर शान्तिको सन्देश छर्ने लुम्बिनीबाट स्काउट अभियानको सन्देश फैलाउन र शान्तिको सन्देश दिन साइकल ¥यालीको आयोजना गरिएको बताए ।

लुम्बिनी बिश्व शान्तिको मुहानको रुपमा बिश्वलाइ नै शान्तीको शन्देश दिइरहेका र बुद्धका सन्देशलाई सबैले पालना गर्न जरुरी रहेको उल्लेख गर्दै संयोजक भट्टराईले लुम्बिनीको सरसफाईमा पनि विशेष ध्यान दिन उक्त कार्यक्रमको आयोजना गरिएको बताए ।

विश्व सम्पदा सुचिमा सुचिकृत लुम्बिनीले बिश्व शान्ती प्रवर्द्धन गर्न महत्त्वपूर्ण खेलेको र यो नेपालिको मात्र नभै सारा बिश्वको गौरवको प्रतीक मानिन्छ । अहिले लुम्बिनी गुरुयोजना पूरा हुने चरणमा रहेको छ । लुम्बिनीलाई केन्द्रमा राखेर यसक्षेत्रको समग्र पर्यटन विकासका काम भइरहेका छन् । लुम्बिनीको सन्देश प्रवाह गर्न, शान्तिो प्रेरणा लिन र सरसफाइमा सचेतना जगाउन स्काउटले यसक्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

यसअघि नेपाल स्काउटले लुम्बिनी केन्द्रित विशेष सरसफाई कार्यक्रम गरेको र उक्त कार्यक्रमकै अर्को सिलसिलाका रुपमा साइकल ¥याली गरिएको स्काउटका प्रदेश अधिकृत तारा पुरीले जानकारी दिए । साइकल ¥यालीमा १ सय ५० वटा साइकल सहभागी थिए ।लुम्बिनीमा सरसफाईलगायतका कार्यक्रमलार्य यसपटक पनि निरन्तरता दिइएको प्रदेश स्काउटका अधिकृत पुरीको भनाइ छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ९ : ४० बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११