३ चैत्र २०८२, मंगलबार | March 17, 2026

प्रदेश सरकारले सञ्चार विधेयकलाई सञ्चार मैत्री बनाउँछ : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ प्रदेश सरकारले जारी गर्ने गरी प्रस्तावका रुपमा लगेको प्रदेश सञ्चार विधेयक सबैको राय पराशर्मबाट सञ्चार मैत्री विद्येयक निर्माण गरिने बताएका छन् ।

नेपाल पत्रकार महासंघले आइतबार आयोजना गरेको उत्कृष्ट वातावरण पत्रकारिता पुस्कार वितरण कार्यक्रम एवं एक हप्ते पत्रकारिता तालिमको समापन कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले सबैले यस विधेयममा अझै व्यापक बहस गरी अगाडि बढेमा दीर्घकालनी रुपमा विधेयकको अर्थ र मर्म बोध हुने गरी तयार गर्न सकिने बताए ।

उनले विधेयक फिर्ता गर्दा समय र प्रक्रिया लामो हुने उल्लेख गर्दै विधेयक भित्रका संसोधन गर्न लायकका विषयहरुका विषयमा संशोधन गरी अगाडि बढेर समयमै जारी गर्न सकेमा सबैलाई हित हुने बताए । मुख्यमन्त्री केसीले प्रदेश सरकारले ल्याएको विधेयकलाई कसैको जीत र हार भन्दा पनि सबैको लागि हित हुने विषयबाट छलफल गरी अगाडि बढाउनको लागि पत्रका महासंघले अगुवाई गर्नुपर्ने बताए । “हामीले संसोधन गरेर जादाँ नै उपयुक्त देखेका छाँै, तपाईहरुले पनि यस विषयमा व्यापक बहस गर्नुहोस् अनि के गर्दा सबैको हित हुन्छ त्यसै गरौँला ।” उनले भने ।

उन लुम्बिनीलाई संञ्चार मैत्री प्रदेश निर्माण गर्नका लागि आफू लागेको बताउँदै त्यस प्रकारको सरकारको अभियानमा सबैले हातेमालो गर्नका लागि अपिल गरे । पत्रकारीता क्षेत्र समाजलाई ज्ञान, सचेतना प्रदान गर्ने माध्यम भएकोले यसको विकास र विस्तार आवश्यक रहेको बताउँदै उनले सरकारले पनि यस क्षेत्रमा नयाँ गतिका साथ काम गर्ने बताए ।

केसीले युग परिवर्तनका लागि मोफसलका साना लगानीमा सञ्चालित मिडियाहरुको ठूलो योगदान रहेको बताउँदै ती मिडियाहरुको प्रर्वद्धनका लागि सरकारले निती बनाउर्ने तर्फ लागेको समेत जानकारी दिए । उनले मिडिया सञ्चालक र मिडियाकर्मी बीचको अन्तरविरोधलाई गहिरो ढंगले अध्ययन गरी अगाडि बढ्नका लागि महासंघका अगुवाहरुलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलेले पत्रकारिता क्षेत्रलाई बलियो बनाउनको लागि राज्यले नै वातावरण तयार गरिहरको अझै यसलाई गति प्रदान गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष गोविन्द आचार्य, नेपाल पत्रकार महासंघका रुपेन्देहीका सँस्थापक अध्यक्ष डा. वालकृष्ण चापागाई, पत्रकार महासंघका रुपन्देहीका पूर्व अध्यक्ष विनोद पहाडी, प्रेस यूनियनका रुपन्देहीका अध्यक्ष रेखा भूषाल, प्रेस चौतारी रुपेन्देहीका अध्यक्ष अमृत गिरी, प्रेस संगठन नेपाल रुपन्देहीका अध्यक्ष कमल रायमाझी, क्रान्तिकारी पत्रकार संघका टेक मास्ने लगायत विभिन शुभेच्छुक संगठनका प्रमुख तथा प्रतिनिधीहरुले धारणा राखेका थिए ।

कार्यक्रममा उत्कृष्ट वातावरण पत्रकारिता पुस्कार २०७८ बाट अनलाई खवरका टोपराज शर्मा, विद्यावारधी गर्नुभएका डा. बालकृष्ण चापागाई मुख्यन्त्री कुलप्रसाद केसीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

 

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ९ : १८ बजे

क्यान्सर परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सहकार्य

काठमाडौं । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलामा कति ?

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

पृथ्वी राजमार्ग विस्तार : अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

धादिङ । पृथ्वी राजमार्ग विस्तारका काममा सडक दायाँवायाँ बिजुलीका पोल

अमेरिकी विमानवाहक युद्धपोतमा ३० घण्टासम्म आगलागी

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस गेराल्ड आर

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा पर्यटक सूचना केन्द्र

पोखरा । नेपाल पर्यटन बोर्डले पोखरा अन्तराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन