११ कार्तिक २०८३, बुधबार | October 28, 2026

दुई महिनामै ३ खर्ब १४ अर्बको आयात



काठमाडौं । चालू आर्थिक वर्षको दुई महिनामा नै ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख ९ हजारको आयात हुँदा निर्यात भने ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको मात्र भएको छ । यस हिसाबले दुुई महिनामा नै २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख १८ हजारको व्यापार घाटा भएको छ ।

गत वर्ष सोही अवधिमा १ खर्ब ५८ अर्ब ४० करोड ३२ लाख ६ हजार रुपैयाँको मात्र व्यापार घाटा भएको थियो । भन्सार विभागका अनुसार दुई महिनाभित्रमा गत वर्षको तुलनामा ८० प्रतिशतले व्यापार घाटामा वृद्धि भएको छ ।

गत वर्षको साउन र भदौको तुलनामा यसपालि ७६ प्रतिशतले आयात बढेको छ । गत वर्ष १ खर्ब ७८ अर्ब ८४ करोड ६२ लाख ६८ हजार रुपैयाँको मात्र आयात भएको थियो । आयातसँगै निर्यात पनि वढेको छ । गत वर्ष २० अर्बको निर्यात भएकोमा यस वर्ष ४४ अर्बको निर्यात भएको छ । यो १ सय १५ प्रतिशतले बढी हो ।

गत वर्षको तुलनामा भने कुल वैदेशिक व्यापारमा ८० प्रतिशतले वृद्धि भएको छ । दुई महिनामा सबैभन्दा बढी ३७ अर्ब ९५ करोड ५१ लाख ३४ हजारको इन्धन आयात भएको छ । आइरन र स्टिल २८ अर्ब ५५ करोड ९४ लाख ८७ हजारको आयात भएको छ ।
२६ अर्बको खाने तेललगायतको आयात भएको छ । तरकारी मात्रै ८ अर्ब ३६ करोड ४० लाख रुपैयाँको आयात दुुई महिनामा भएको छ । दुई महिनामा ३८ करोड २२ लाख रुपैयाँको सुर्ती र चुरोट आयात भएको तथ्यांक भन्सार विभागको छ ।

प्लास्टिकजन्य वस्तुमा ११ अर्ब ४० करोड ४८ लाख ७१ हजार रुपैयाँ आयात भएको छ भने १६ करोड १४ लाख ३९ हजार रुपैयाँको मात्रै निर्यात भएको छ । यसमा मात्रै नेपालले ११ अर्ब २४ करोड ३४ लाख ३२ हजार रुपैयाँ घाटा बेहोर्नुपरेको छ ।

बहुमूल्य धातुका गरगहना १७ अर्ब २७ करोड ४६ लाख ९९ हजार रुपैयाँको आयात हुँदा सवारी साधनका पार्टपुर्जा २१ अर्ब ८४ करोड ४३ लाख ७४ हजार रुपैयाँको आयात भएको छ । मेसिनरी तथा यान्त्रिक उपकरण २२ अर्ब ६८ करोड ७ लाख १ हजार, विद्युतीय मेसिनरी, साउन्ड रेकर्डरलगायतका सामग्रीहरू २४ अर्ब ५१ करोड २ लाख २१ हजार रुपैयाँको आयात भएको भन्सार विभागको तथ्यांक छ ।

निर्यातमा ठूलो हिस्सा भटमास र पाम तेलको हिस्सा बढी छ । भन्सार विभागका अनुसार निर्यातमा वृद्धि भएसँगै वैदेशिक व्यापारमा निर्यातको हिस्सामा समेत १९.७४ प्रतिशतको वृद्धि भएको छ । नेपालको निर्यातमा १२.२८ प्रतिशत निर्यातले बेहोर्दा आयातको भने ८७.७२ प्रतिशत हिस्सा रहेको छ ।

चालू आर्थिक वर्ष २०७८/७९ को दुई महिनामा नै १० अर्ब रुपैयाँबराबरको मोबाइल फोन आयात भएको छ । भन्सार विभागका अनुसार साउन र भदौ महिनामा १० अर्ब ३६ करोड ३५ लाख बढी मूल्यको कुल १४ लाख ९८ हजार ७ सय ६५ वटा मोबाइल आयात भएको छ ।

भन्सार विभागका अनुसार नेपालको सबैभन्दा बढी व्यापार घाटा भारतसँग भएको छ । दुई महिनामा भारतसँग मात्र १ खर्ब ५१ अर्ब २४ करोड ३६ लाख रुपैयाँको व्यापार घाटा भएको छ । यसैगरी, चीनसँग ४२ अर्बको व्यापार घाटा भइसकेको छ । व्यापार घाटा रहेका मुलुकमा अर्जेन्टिना, युनाइटेड अरब, इन्डोनसिया, अस्ट्रेलिया, ब्राजिल, बंगलादेश, स्वीजरल्यान्ड, मलेसिया, पाराग्वे, टर्की, युक्रेन, क्याना, थाइल्यान्ड, जापान क्रमिक रूपमा रहेका छन् ।

व्यापार फाइदा भएका मुलुकहरूमा भने बेलायत, कम्बोडिया, अल्जेरिया, स्विडेन, अफगानिस्तान, माल्टा, नर्वे, टान्जानिया, स्लोभेनिया क्रमिक रूपमा रहेका छन् । आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ६ : ३१ बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय