३ पुस २०८२, बिहिबार | December 18, 2025

जर्मनीमा निर्वाचनः एन्जेला मर्केलको सत्तारुढ पार्टी पराजित



वर्लिन । जर्मनीमा आईतबार सम्पन्न आमनिर्वाचनमा त्यहाँको प्रमुख विपक्षी सोसल डेमोक्रयाटिक पार्टी (एसपीडी) विजयउन्मुख भएको छ ।

एन्जेला मर्केलको सत्तारुढ क्रिश्चियन डेमोक्रयाटिक युनिय (सीडीयु) १६ वर्षपछि पहिलो पटक पराजित भएको छ । संसदको सात सय ३० सिटका लागि भएको निर्वाचनको अन्तिम परिणाम भने सार्वजनिक भइसकेको छैन् ।

पछिल्लो गणनामा एसपीडीले दुई सय पाँच, सीडीयुले एक सय ९४, ग्रीन पार्टीले एक सय १६ र एफडीपीले ९१ सिट ल्याएको छ । तर, एसपीडीले सरकार गठनका लागि प्रष्ट ‘म्यान्डेट’ प्राप्त गरेको दाबी गरेको छ । सत्तारुढ सीडीयुले पनि सरकार गठनको दाबी गरेको छ ।

कुनै पनि दलले प्रष्ट बहुमत ल्याउने नदेखिएकोले तीन ठूला पार्टीको नेतृत्वमा गठबन्धन सरकार बन्ने सम्भावना देखिएको छ ।

‘सर्वेक्षण हामी अगाडि देखिएका छौ । हाम्रो विजय निश्चित छ,’ सोसल डेमोक्रयाटिकबाट चान्सलरका उम्मेदवार ओलाफ सोल्जले भने । लगातार १६ वर्ष जर्मनीको सत्तामा रहेकी मर्केलले आफू पुनः चान्सलरका लागि प्रतिष्प्रर्धा नगर्ने घोषणा गरिसकेकी छिन् । एजेन्सी

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ८ : ३६ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका