१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

जर्मनीमा निर्वाचनः एन्जेला मर्केलको सत्तारुढ पार्टी पराजित



वर्लिन । जर्मनीमा आईतबार सम्पन्न आमनिर्वाचनमा त्यहाँको प्रमुख विपक्षी सोसल डेमोक्रयाटिक पार्टी (एसपीडी) विजयउन्मुख भएको छ ।

एन्जेला मर्केलको सत्तारुढ क्रिश्चियन डेमोक्रयाटिक युनिय (सीडीयु) १६ वर्षपछि पहिलो पटक पराजित भएको छ । संसदको सात सय ३० सिटका लागि भएको निर्वाचनको अन्तिम परिणाम भने सार्वजनिक भइसकेको छैन् ।

पछिल्लो गणनामा एसपीडीले दुई सय पाँच, सीडीयुले एक सय ९४, ग्रीन पार्टीले एक सय १६ र एफडीपीले ९१ सिट ल्याएको छ । तर, एसपीडीले सरकार गठनका लागि प्रष्ट ‘म्यान्डेट’ प्राप्त गरेको दाबी गरेको छ । सत्तारुढ सीडीयुले पनि सरकार गठनको दाबी गरेको छ ।

कुनै पनि दलले प्रष्ट बहुमत ल्याउने नदेखिएकोले तीन ठूला पार्टीको नेतृत्वमा गठबन्धन सरकार बन्ने सम्भावना देखिएको छ ।

‘सर्वेक्षण हामी अगाडि देखिएका छौ । हाम्रो विजय निश्चित छ,’ सोसल डेमोक्रयाटिकबाट चान्सलरका उम्मेदवार ओलाफ सोल्जले भने । लगातार १६ वर्ष जर्मनीको सत्तामा रहेकी मर्केलले आफू पुनः चान्सलरका लागि प्रतिष्प्रर्धा नगर्ने घोषणा गरिसकेकी छिन् । एजेन्सी

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ८ : ३६ बजे

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी

सानो भ-याङस्थित यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानो भ-याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात

सरकारले राज्यआतंक देखायो : एमाले, देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । नेकपा (एमाले)ले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि सरकारले अत्यधिक बल

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा