२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

एमाले सांसदलाई बाबुरामको चुनौती – नैतिकता छ भने राजीनामा देऊ



काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् ।

डा. भट्टराईले संसदलाई २/२ पटक विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी गरे । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उहाँले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिए ।

अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि दोहो¥याए । उनले भने, ‘जसले संसदलाई २÷२ चोटी विघटन गर्छ । ती मान्छेहरुले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने । सर्वोच्चको फैसला मान्दैनौ भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने ? अनि संसदीय मर्यादा कायम । जुन संसदलाई विघटन गरिसक्यो, उसले त्यो संसदमा आउन त लाज हुनुपर्ने हो । मैले पार्टी छोडिसके पछि दोस्रो संविधानसभा पछि २०७२ सालमा तुरुन्तै राजीनामा गरेको थिँए । उहाँहरुमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ ।’

भट्टराईले एमालले आफैंले विघटन गरेको संसदमा अवरोध सिर्जना गरेर निर्लज्जताको पराकाष्ठा देखाएको उल्लेख गर्दै त्यसबारे आफूले थप टिप्पणी गर्न नचाहेको बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ५ : १० बजे

जमिन बाँझो नराख्न किसानलाई मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जमिन बाँझो नराखी

प्रधानमन्त्री शाहले किन बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक ?

काठमाडौं । बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान गरेका

होटल पौवाको १० औँ वार्षिकोत्सव : देशभर ‘स्वाद उत्सव’, लगानी सम्मेलन र ‘शुभकामना साँझ’ आयोजना हुने

बुटवल । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई

काठमाडौंको पिंगलास्थानमा प्रहरीले चलायो गोली, एक किलोभन्दा बढी खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको पिंगलास्थान क्षेत्रमा प्रहरीले गोली चलाएर दुई जना

छत्रगञ्ज रुपन्देही सम्पर्क समाजद्वारा सांसदहरूलाई समस्यासहितको बधाईपत्र

बुटवल । छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको आयोजनामा शुभकामना आदान-प्रदान, नव