२४ भदौ २०८३, बुधबार | September 9, 2026

कांग्रेसबाट कोको बन्दै छन् मन्त्री ?



काठमाडौं । सत्ता गठबन्धन आबद्ध दलहरूबीच भएको सहमतिअनुसार प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको भागमा सात मन्त्रालय परेको छ ।

कांग्रेसबाट हाल सरकारमा गृहमन्त्रीको भूमिका बालकृष्ण खाँण छन् । त्यस्तै, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की र परराष्ट्रमन्त्री डा.नारायण खड्का छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी उमेश श्रेष्ठलाई दिएका छन् ।

अब भने कांग्रेसले तीन फुल मन्त्री पाउनेछ । जसमा कांग्रेसभित्रको रामचन्द्र पौडेल समूहबाट दिलेन्द्र बडु मन्त्री बन्ने पक्का जस्तै छ ।

त्यस्तै, सो समूहबाटै कांग्रेस महामन्त्री रहेका डा.शशांक कोइरालानिकट नेता डा.मीनेन्द्र रिजाललाई पनि मन्त्री बनाइँदै छ । यसअघि खड्कालाई मन्त्री बनाउँदा पार्टीभित्र छलफल नभएको भन्दै पौडेल समूह आक्रोशित भएपछि देउवा सो समूहलाई दुई मन्त्री दिन तयार भएको स्रोतले बतायो ।

यसैगरी, कांग्रेसभित्रको कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको तेस्रो धारबाट नेता भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एक जना मन्त्री बन्नेछन् । तर, सिटौलाले सोमबार राति अबेरसम्म प्रधानमन्त्रीलाई कसैको पनि नाम दिएका छैनन् ।

त्यस्तै, प्रधानमन्त्री देउवाले स्वास्थ्य राज्यमन्त्री रहेका श्रेष्ठलाई राज्यमन्त्रीकै जिम्मेवारीमा राखे सो समूहबाट पुष्पा भुषालको पनि मन्त्री बन्ने सम्भावना छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : ३८ बजे

भोटेकोशी बाढीः एक हजार ३६७ शव फेला

काठमाडौ । रसुवा बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म एक हजार

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य

राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’

  न्युयोर्क ।  संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा मङ्गलबारबाट यहाँ सुरु

हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने

सर्लाही । उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका