७ श्रावण २०८३, बिहिबार | July 23, 2026

‘नेपालका लागि मात्र एमसिसी संशोधन हुन सक्दैन’



काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालका लागि मात्र संशोधन हुन नसक्ने बताएका छन् ।

संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा सहभागी हुन अमेरिका पुगेका खड्काले गैरआवासीय नेपाली संघ रन्युयोर्कस्थित महावाणिज्य दूतको कार्यालयले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा एमसिसी स्ट्यान्डर्ड फम्र्याटमा बनाइएको सम्झौता भएको बताए । एमसिसी नेपालका लागि मात्र नभएरसबै देशका लागि एउटै शैलीमा बनाइएको सम्झौता भएको उनको भनाइ थियो ।

खड्काले एउटा देशले यो प्रावधान हटाइदेऊ भन्दा अन्य देशले पनि हटाउन आग्रह गर्ने भएकाले एमसिसी सम्झौता गरेका अन्य मुलुकमा पनि यसको असरपर्ने बताए । ‘नैतिक समस्या के छ भने हामीले यसमा सहीछाप गरिसकेका छौं । सम्झौता गर्नुभन्दा पहिले किन नहेरेको त’, उनले प्रश्न गरे ।

मन्त्री खड्काले एमसिसी नेपाल सरकारकै आग्रहमा आएको अनुदान सहयोग भएको बताए । उनले एमसिसीमा सबै दलको सहयोग रराष्ट्रिय सहमति भएमा मात्र अघि बढाउने बताए । ‘यसमा धेरै सैद्धान्तिक विषय छन् । यसलाई सामाजिक सञ्जालहरूले तल्लो तहसम्म लगेरविवादित बनाउने काम गरे । भारतलाई किन सोध्ने भन्ने कुरा पनि छ । भारतले किन्छ कि किन्दैन भन्ने कुरा त सोध्नु पर्‍यो नि’, उनले भने ।

एमसिसीका बारेमा तल्लो तहमा गलत भाष्य सिर्जना गरिएको बताउँदै उनले आफू गाउँमा जाँदा जनताले यो सम्झौता कार्यान्वयन गर्नुहुँदैन भन्ने गरेको सुनाए । आजको नागरिक दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ७ : २१ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी