२३ मंसिर २०८२, मंगलबार | December 9, 2025

साफ च्याम्पियनसिप खेल्न नेपाली टोली माल्दिभ्स पुग्यो



काठमाडौं । साफ च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय फुटबल टोली माल्दिभ्स पुगेको छ । नेपाली टोली कतारमा दुई साता प्रशिक्षण गरेर सोमबार साँझ माल्दिभ्स पुगेको हो ।

असोज १५ गते नेपाल र मालदिभ्सबीच पहिलो खेल हुनेछ । साफ च्याम्पियनसिपका लागि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले शनिबार मात्र २३ सदस्यीय टिम घोषणा गरेका थिए ।

उनले कतार भ्रमणमा रहेका २५ खेलाडीबाट गोलकिपर विकेश कुथु र डिफेन्डर राजन गुरुङलाई बाहिर राख्दै टिम घोषणा गरेका थिए ।

१३ औं संस्करणको साफ च्याम्पियनसिप असोज १५ गतेदेखि माल्दिभ्सको राजधानी मालेमा आयोजना हुँदै छ । प्रतियोगिताको पहिलो दिन नै नेपालले आयोजक माल्दिभ्ससँग खेल्नेछ ।

नेपालले दोस्रो खेल श्रीलंकासँग असोज १८ गते खेल्नेछ । त्यस्तै, तेस्रो खेलमा भारतसँग असोज २४ र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग असोज २७ मा भिड्नेछ ।

कोरोनाका कारण पाकिस्तान र भुटान सहभागी नहुने भएपपछि यो पटक साफ च्याम्पियनसिपमा पाँच टोली मात्र छन् । सिंगल राउन्ड रोबिनका आधारमा खेल हुनेछ र शीर्ष दुई टिमबीच फाइनल खेल हुनेछ ।

साफ च्याम्पियन्सपका लागि नेपाली टोलीले तीन महिनाभन्दा बढी समयदेखि प्रशिक्षण गरिरहेको छ । साफ च्याम्पियनसिपकै तयारीका लागि नेपालले दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेका थियो भने कतारमा आइतबार मात्र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ७ : ३१ बजे

टरिगाउँ विमानस्थलबाट असहायलाई भाडामा छुट

दाङ । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा

प्राकृतिक शीतभण्डारमा किबी

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-३ लालीखर्कका किसान बलबहादुर राईले प्राकृतिक

शुक्लाफाँटामा पाँचवर्षे शिक्षा योजना तर्जुमा गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले शिक्षा क्षेत्रको समग्र सुधार र दीर्घकालीन

रुपन्देहीको फर्साटिकरमा भोलीदेखी दोस्रो शुद्धोदन उद्योग वाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु हुँदै

बुटवल । रुपन्देहीको शुद्धोदन गाउँपालिका-६ फर्साटिकरमा भोली मंसिर २४ गतेदेखि

थर्पु अस्पतालमा आँखा उपचार सेवा सुरु हुने

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा