१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

इपिएल क्रिकेट : आज काठमाडौं र पोखरा भिड्दै



काठमाडौं । एभरेस्ट प्रिमियर लिग ‘इपिएल’ को चौथो दिन आज मंगलबार एउटा मात्र खेल हुँदैछ । चौथो संस्करणको इपिएल टी-ट्वान्टी क्रिकेटमा आज काठमाडौं किङ्स इलेभन र पोखरा राइजोन भिड्न लागेका हुन ।

खेल मध्याह्न सवा १२ बजे सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंको यो तेस्रो खेल हो । काठमाडौं दोस्रो जित निकाल्ने योजनामा हुनेछ । यस अघि काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई हराएको थियो ।

सोमबार तय काठमाडौं र विराटनगर वारिवर्सबीचको खेल भने बर्षाका कारण मैदान ओसिलो हुँदा टसनै नभई खेल रद्द भएको थियो । विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा पहिलो जितको खोजीमा रहेको छ । पोखराको यो दोस्रो खेल हो । पहिलो खेलनै वर्षाले प्रभावित भएपछी पोखराले भैरहवा ग्लाडीयटर्ससँग अंक बाँडेको थियो ।

१० ओभरको खेल जारी रहदा वर्षा भएपछि खेल रोकिएको थियो । अन्तिम समयसम्म पनि वर्षा नरोकिएपछि दुबै टोलीलाई १-१ अंक बाँडिएको थियो ।

सोमबारका दुबै खेल समेत वर्षाका कारण हुन सकेन । पहिलो खेलमा काठमाडौं र विराटनगरले मैदान ओसिलो हुँदा टस नै गर्न पाएनन् । दोस्रो खेलमा चितवन र भैरहवाबीचको खेलमा टस हुने तय हुँदा पुनः वर्षा भएको थियो । दुबै खेल पुनः खेलाइने वा अंक बाँडन भन्ने विषय तय हुन बाँकी छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ७ : ५५ बजे

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा