७ श्रावण २०८३, बिहिबार | July 23, 2026

तातोपानी र केरुङमा रोकिएका कन्टेनर पठाउन चीन सहमत



काठमाडौं । सीमा नाकामा अलपत्र करोडौं मूल्यको सामान बोकेका सयौं कन्टेनर पठाउन चीन सहमत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कन्टेनर पठाउन चीन सहमत भइसकेकाले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको केरुङबाट छिट्टै कन्टेनर नेपाल भित्रिने जनाएको हो ।

दशैंका लागि नेपाली व्यवसायीले मगाएका सामग्री बोकेका कन्टेनर नाकामै रोकिँदा चाडपर्वका बेला नेपाली बजार स्टकमा चलिरहेको छ । मन्त्रालयका सचिव दिनेश भट्टराईले नाकामा रोकिएका कन्टेनररट्यांकर नेपाल ल्याउन कुटनीतिक तवरबाट पहल गरिरहेको बताए । ‘चिनियाँ कोभिड प्रोटोकल मान्नैपर्छ । प्रोटोकल मेन्टेन गर्न समस्या भएको छ,’ उनले भने ।

सचिव भट्टराईले प्रोटोकल मेन्टेन गरेर नेपाली कन्टेनरलाई सहज व्यवहार गर्ने र तुरुन्तै नेपाल पठाउन चीन सहमत भएको बताउँदै छिट्टै आवश्यक सामग्री नेपाल भित्रिने उल्लेख गरे ।

‘तर के सहमति भएको छ भने तातोपानी र केरूङबाट आउने ट्याकरको संख्या व‌द्धि भएको छ । चीनले नेपाली ट्यांकरलाई सहज व्यवहार गर्ने र तुरुन्तै नेपाल पठाउने खबर आएको छ । एक दुई दिनमै नाकामा सहज अवस्था हुन्छ,’ उनले भने ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ८ : ४५ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी