२१ बैशाख २०८३, सोमबार | May 4, 2026

रेबिजविरुद्ध दिवस : विश्वमा वर्षेनि १ लाखले ज्यान गुमाउँछन्



काठमाडौं । आज २८ प्रत्येक सेप्टेम्बर, विश्वभर रेबिजविरुद्धको दिवस मनाइँदैछ । यो दिवस सन् २००७ देखि मनाउन थालिएको हो ।

रेबिजविरुद्धको खोप पत्ता लगाएका फ्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरको पनि २८ सेप्टेम्बर, सन् १८९५ मा मृत्यु भएको थियो । रेबिजविरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले पु-याएको योगदानको कदर गर्दै यस दिन उनको सम्झना गर्ने गरिन्छ ।

‘रेबिजः तथ्य, डर हैन’ नाराका साथ यस वर्षको विश्व रेबिजविरुद्धको दिवस संसारभर मनाइँदै छ । रेबिजकै कारण विश्वमा वर्षेनि १ लाखभन्दा बढी व्यक्तिले ज्यान गुमाउने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । जसमा आधाभन्दा बढी १५ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।

कुकुरसहित विभिन्न जनावरको टोकाइबाट रेबिज सर्ने भए पनि विश्वभरको तथ्यांक हेर्दा ९५ प्रतिशत रेबिज कुकुर टोकाइबाट हुने गरेको देखिन्छ ।

के हो रेबिज ?

रेबिज एउटा भाइरस हो, यसलाई न्यूरोट्रोपिक भाइरस भनिन्छ जसले जनावरको शरीरमा प्रवेश गरेपछि रेबिज गराउँछ ।

रेबिजको इतिहास

इजिप्ट सभ्यतामा आजभन्दा करिब चार हजार ३०० वर्ष अगाडिको इतिहासमा रेबिज रोग बारे उल्लेख गरेको पाइन्छ । दार्शनिक एरिस्टोटलले आजभन्दा २ हजार ३०० वर्ष अगाडि लेखेको नोटमा पनि रेबिज लागेको कुकरले मान्छेलाई टोकेमा या रेबिज लागेको जनावरसँगको सम्पर्कमा मान्छे आएमा रेबिज लाग्ने तथ्य उल्लेख गरेका छन् ।

मानिसमा कसरी सर्छ रेबिज ?

रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरको टोकाइबाट रेबिज मानिसमा सर्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।

सुरुमा जनावरको र्‍यालमा रहेका भाइरस जनावारको टोकाइबाट घाउमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधिय स्नायु, मेरुदण्ड र अन्त्यमा गिदीसम्म पुग्छ ।

गिदीमा संक्रमण भएपछि मात्र विशेष लक्षण देखिन्छन् । अन्त्यमा गिदीका मसिना स्नायुबाट भाइरस र्‍याल ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अङ्गमा पुग्छ ।

संक्रमित जनावारले टोक्दा र्‍याल ग्रन्थीमा भएको भाइरस फेरि अर्काे जनावारको शरीरमा प्रवेश गर्छ । रेबिज भएका जनावर अथवा कुकुर, चमेरा, बिरालो आदिले टोक्दा वास्ता नगर्नु र स्वास्थ्य संस्थासम्म जान आनाकानी गर्नाले रेबिजको कारण नेपालमा वर्षेनि सैयौंको ज्यान जाने गरेकाे छ ।

घरपालुवा जनावर अझ विशेषगरी कुकुरलाई समयमै रेबिजविरुद्धको खोप लगाइएन भने रेबिज लाग्ने सम्भावना रहन्छ । स्वास्थ्य चौकीमा रेबिजविरुद्धको खोप तथा रेबिज भाइरस शरीरमा प्रवेश गरिसकेपछि लगाइने ‘पोस्ट एक्पोजर अफ प्रोपिलाइसिस’ अर्थात् पिइपि इञ्जेक्सनलाई अझै सहज उपलब्ध छैन ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ८ : ५१ बजे

दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो

२८ नागरिक अगुवाको निस्कर्ष – बालेन्द्र सरकार सर्वसत्तावाद उन्मुख

काठमाडौं । २८ जना नागरिक अगुवाहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

राष्ट्रपतिबाट फिर्ता अध्यादेश पुनः जारी गर्न जस्ताको त्यस्तै सिफारिस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै