२२ भदौ २०८३, सोमबार | September 8, 2026

के दशैंमा इन्धन अभाव हुन्छ, कति छ मौज्दात ?



काठमाडौं । नेपाल आयल निगमले चाडपर्वमा पेट्रोलियम पदार्थको अभाव नहुने स्पष्ट पारेको छ । निगमका निर्देशक वीरेन्द्र गोइतले दशैं, तिहार र छठमा पेट्रोलियम पदार्थको अभाव नहुने जानकारी दिएका हुन् ।

राजधानीमा आयोजित बजार अनुगमन र सरोकारवालाको भूमिका विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै गोइतले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सही अवस्थामा रहेको बताए ।

उनका अनुसार ७९ प्रतिशत इन्धन मौज्दात छ । नेपालमा डिजेल बढी खपत हुने भएकाले कुल खपतको ६० प्रतिशत डिजेल मौज्दात रहेको गोइतले जानकारी दिए । भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको र मौज्दात पनि भएकाले पेट्रोल, डिजेल तथा एलपी ग्यासकोसमेत कुनै अभाव नरहेको उनको भनाइ छ ।

‘जतिबेला पाइपलाइन थिएन रक्सौलमा जामले समस्यारअभाव हुन्थ्यो । अहिले आपूर्तिमा समस्या छैन,’ उनले भने । निर्देशक गोइतले यसपालि पनि दशैं अवधिभर पेट्रोल पम्प खुला रहने उल्लेख गरे । ‘दशैंमा देशभर पम्प खुल्छ । सप्तमी पछि दुई दिन बन्द हुन्छ । तर मागअनुसार खुला हुन्छ,’ उनले भने, ‘चाडपर्वमा पेट्रोलियम पदार्थको अभाव हुँदैन ।’

ग्यासको खपत घट्यो

एलपी ग्यासका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले पनि नेपालमा ग्यासको अभाव नरहेको बताए । कोभिड महामारीले खपत नै घटेकाले पनि चाडपर्वमासमेत अभाव हुने अवस्था नभएको उनको भनाइ छ ।

‘नाकाबन्दी र भूकम्पपछि ग्यासको सायदै अभाव भएको छ । हरेक वर्ष १७ प्रतिशतले खपत वृद्धि भइरहेको छ । तर कोभिड संक्रमण महामारीले झण्डै २० प्रतिशतले खपत घटेको छ । व्यापार नै ३५ प्रतिशतसम्म घटेको छ । त्यसकारण अभाव हुने अवस्था नै छैन,’ उनले भने । नेपालमा उपभोग्य सामग्री र भ्याक्सिनमा समस्या नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ९ : ५९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार