७ श्रावण २०८३, बिहिबार | July 23, 2026

प्रमुख प्रतिपक्षी फकाउँदै सरकार, संसद् अवरोध हटाइदिन ओलीसँग आग्रह



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सम्बन्ध सुधार प्रयासलाई निरन्तरता दिएका छन् । प्रधानमन्त्री देउवाले मंगलबार तेस्रोपटक सरकारका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भक्तपुर बालकोटस्थित निवासमा भेट्न पठाएर ‘सरकारले सम्बन्ध सुधार गर्न चाहेको’ सन्देश दिएका छन् ।

देउवाका ‘दूत’का रूपमा बालकोट पुगेका मन्त्री कार्कीले ओलीसँगको डेढ घण्टा संवादक्रममा ‘सरकारले प्रमुख प्रतिपक्षसँग मिलेरै सुमधुर सम्बन्ध स्थापित गर्दै अघि बढ्न चाहेको’ प्रधानमन्त्री देउवाको सन्देश ओलीलाई सुनाएका छन् ।

‘प्रधानमन्त्रीज्यू प्रमुख प्रतिपक्षी दलसँग सुमधुर सम्बन्ध स्थापित गरेर राष्ट्रिय राजनीतिका मुद्दामा एकसाथ अघि बढ्न चाहनुहुन्छ, त्यसकारण कानुनमन्त्रीज्यूलाई संवादका लागि पठाइएको हो,’ बालुवाटार उच्च स्रोतले राजधानीसँग भन्यो ।

प्रमुख प्रतिपक्षी फकाउँदै सरकार

ओलीसँगको भेटमा कानुनमन्त्री कार्कीले ‘सरकार र प्रतिपक्षीबीच दूरीको अवस्था रहिरहनु राम्रो नभएको र सरकार सम्बन्ध सुधार गरेर अघि बढ्न तयार रहेको’ ओलीलाई बताएका छन् ।

भेटक्रममा कार्कीले संसद्मासमेत लामो समयदेखि अवरोध हुँदा ‘अन्योल स्थिति बनेको’ भन्दै सरकार र प्रतिपक्षी मिलेर अघि बढ्दा देशलाई गति दिन सकिने जिकिर गरे । संसद्मा एमालेले गर्दै आइरहेको निरन्तर अवरोध हटाइदिनसमेत उनले आग्रह गरेका छन् ।

जवाफमा एमाले अध्यक्ष ओलीले ‘सरकारले संसद् छलेर दल विभाजन गर्न अध्यादेश ल्याएको र संसद् चालू हुँदै गर्दा नै अध्यादेश खारेज गरेको’ भन्दै आपत्ति जनाएका छन् ।

‘सरकारले एमाले फुटाउनकै लागि संसद् छलेर दल विभाजनसम्बन्धी अध्यादेश ल्यायो, अहिले फेरि संसद् जारी रहँदा नै खारेज ग¥यो,’ ओलीले सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै मन्त्री कार्कीलाई भने, ‘दुवै कुरा गैरकानुनी र असंवैधानिक छन् ।’

ओलीले पाँच दलीय गठबन्धन सरकारले एकपछि अर्को असंवैधानिक हर्कत गरिरहेको र त्यसलाई सच्याउने प्रतिबद्धता नआएसम्म संवाद र सहकार्य सम्भव नरहेको सन्देश प्रधानमन्त्री देउवालाई सुनाइदिन भनेका छन् । सरकारले बजेटमा पनि ‘मनोमानी’ गरेको तथा एकपटक प्रतिपक्षसँग सल्लाहसमेत नगरेको भन्दै सरकारका कामप्रति ओलीले गुनासो गरेका छन् ।

ओली सचिवालयका अनुसार ‘सरकारको यस्तो गैरसंवैधानिक क्रियाकलापले सरकार र प्रतिपक्षबीच सम्बन्ध राम्रो बन्न नसक्ने’ जानकारी कार्कीमार्फत देउवालाई दिइएको छ । यसअघि, केही दिनअघि पार्टीले झापामा आयोजना गरेको कार्यक्रममा जानुअघि पनि मन्त्री कार्कीले बालकोट पुगेरै ओलीलाई भेटेका थिए ।

त्यसअघिसमेत गत महिना कार्कीले पहिले एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङसँग संवाद गरेपछि अध्यक्ष ओलीसँग संवादका लागि बालकोट पुगेका थिए । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ६ : ४४ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी