५ चैत्र २०८२, बिहिबार | March 20, 2026

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा



जनकपुरधामा । प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेछापा मारेको छ।

काठमाडौंस्थित आयोगको केन्द्रीय कार्यालय काठमाडौं र बर्दिबास कार्यालयको संयुक्त टोलीले बुधबार दिउँसो मुख्यमन्त्री कार्यालयमा पुगेर छापा मारेको हो ।

सामुदायिक विद्यालयहरुमा पढ्ने छात्राका लागि साइकल खरिदमा करोडौं अनियमितता भएको उजुरी परेपछि अख्तियारले छानविन सुरु गरेको थियो । त्यसैक्रममा आज छापा हानेर सामान खरिदसम्बन्धी फाइल नियन्त्रणमा लिएको छ ।

प्रदेश २ सरकारले २०७६ मा ुबेटी बचाऊ, बेटी पढाऊु अभियान संचालनका लागि प्रदेशस सरकारले टेन्डर नगरी साइकल खरिद गरेको थियो । ९ करोड ८४ लाख १८ हजार रुपैयाँमा १४ हजार थान साइकल किनेर २६२ विद्यालयमा बाँढिएको थियो ।

बरामद फाइलहरुमाथि अख्तियारले केन्द्रीय कार्यालयमा अनुसन्धान गर्नेभएको छ ।

 

 

 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ३ : २३ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको