१७ माघ २०८२, शनिबार | January 31, 2026

मुख्यमन्त्री कार्यालयमा छापामार शैलीमा छापा हान्नु आपत्तिजक : मुख्यमन्त्री राउत



जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री कार्यालयमा भएको अख्तियारको छापाप्रति आपत्ति जनाएका छन् ।

मुख्यमन्त्री राउतले मुख्यमन्त्री निवासमा पत्रकार सम्मेलन गरेर अख्तियारको कार्यप्रति आपत्ति जनाएका हुन् । राउतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईलाई फोन गरेर आयोगले मुख्यमन्त्री कार्यालयका फाइल नियन्त्रणमा लिएकोमा आपत्ति जनाएका छन् ।

मुख्यमन्त्री राउतले अख्तियारले ठीक ढंगले काम नगरेको आरोप लगाए । उनले भने, ‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एउटा स्टेटको प्रमुखको कार्यालय हो । फायल माग्ने एउटा तरिका हुन्छ, ।’

अख्तियारको केन्द्र र बर्दिबासस्थित कार्यालयका अधिकृतहरुले बुधबार दिउँसो मुख्यमन्त्री कार्यालयमा छापा मारेका थिए । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानका लागि दुई चरणमा गरेर २७ हजार २ सय ६२ थान साइकल खरिद गर्दा करोडौं घोटाला भएको उजरी परेपछि अख्तियारको टोलीले आज छापा मारेको हो । पहिलो पटक प्रतिसाइकल ६ हजार ४ सय ३२ रुपैयाँ मूल्य परेकोमा दोस्रो पटकमा ८ हजार ४ सय ४६ रुपैयाँ भुक्तानी दिइएको थियो ।

मुख्यमन्त्री राउतले संघीयता नचाहने तत्व सुरु देखि नै प्रदेशलाई बद्नाम गर्न जालझेलमा लागेको आरोप लगाए । उनले प्रदेश सरकारको काम मन नपार्नेले षड्यन्त्र गरेको आरोप लगाए । ‘सुशासनको सवालमा म आफैं ओपन व्यक्ति हुँ,’ पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले भने, ‘तर अख्तियारको टोली छापामार शैलीमा आएर एउटा संस्थालाई नै बद्नाम गराउने किसिमले छापामारी गर्यो । मसँग फाइल मागेको भए म दिन्थें । यो सैह्य हुन सक्दैन ।’

 

 

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ६ : ५५ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी