२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

सर्वदलीय बैठक : एमाले संवादबाट भाग्न खोज्यो -सरकार, सहमतिका लागि प्रयास गर्न दलहरुको सुझाव



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित भएपछि सरकारले एमाले सम्वादबाट भाग्न खोजेको टिप्पणी गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सर्वदलीय बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्षी दल संवाद् र वार्ताबाट भाग्न खोजेको बताए । कार्कीले मुलुककको आवश्यकता सहमति र सहकार्य भएको बताउँदै भने, ‘उहाँहरु उहाँहरु सम्वाद र वार्ताबाट पर भाग्न खोजेको देखिन्छ, जुन मुलुकको आवश्यकता भन्दा भिन्न छ ।’

बैठकमा प्रधानमन्त्री देउवाले आज एमाले अध्यक्ष ओली सहभागी नभएपनि फेरि आफुले बोलाउने बताएका थिए ।

बैठकमा सहभागी दलका शीर्ष नेताहरुले संसदलाई निर्वाध रुपमा संचालन गर्नका लागि सकारात्मक बन्न प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । उनीहरुले सरकारले र सभामुखले पनि संवाद्को प्रक्रियालाई जारी राख्नुपर्ने सुझाव दिएका छन् ।
प्रधानमन्त्री देउवाले संसदमा देखिएको अवरोध हटाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् । गत भदौ २३ गतेदेखि सुरु भएको संघीय संसदलाई एमालेले निरन्तर अवरोध गर्दै आएको छ । आफुले कारवाही गरेका १४ जना सांसदलाई सभामुखले पदत्यागको सूचना प्रकाशित नगरेको भन्दै आक्रोशित बनेको एमालेले सभामुख विरुद्ध संसदमा रोष्टम घेराउ गर्दै आएको छ ।

सर्वदलीय बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रधामन्त्री एवं पार्टी सभापति देउवा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, नेकपा ९एकीकृत समाजवादी०का महासचिव बेदुराम भुसाल र नेता राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ सहभागी थिए । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका महन्थ ठाकुर र राजेन्द्र महतो, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी भएका थिए ।

 

 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  १२ : ३० बजे

बागलुङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बागलुङ । बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ

सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्धको रिटमा सर्वोच्चद्वारा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश

काठमाडौं । सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध दायर

वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्र : बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौं । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा