२९ कार्तिक २०८३, आइतबार | November 16, 2026

काठमाडौं महानगरद्वारा ६ करोड बक्यौता असुल



काठमाडौं । काठमाडौं महानगरपालिकाले विगत २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबट रु छ करोड बक्यौता असुल गरेको छ ।

लामो समयसम्म कर नतिरेका ठूला करदातालाई कामपाले पटकपटक सार्वजनिक सूचना जारी गरेपछि सम्पर्कमा आएर कर तिर्न थालेका हुन् । यसअघि कमपाले गत असार १६ गते र साउनको अन्तिम साता गरी कर नतिर्ने ७२ ठूला करदाताको नाम सार्वजनिक गरी ३० दिनभित्र सम्पर्क गर्न आग्रह गरेको थियो ।

महानगरले सार्वजनिक सूचना, आवश्यकताका आधारमा निवेदन, फोनमार्फत पटक–पटक जानकारी गरेपछि उनीहरु अहिले सम्पर्कमा आउन र कर तिर्न थालेका हुन् ।

कामपा राजस्व महाशखा प्रमुख डा शिवराज अधिकारीले भने, “पछिल्लो समय कर तिर्ने बढेका छन्, अहिलेससम्ममा रु छ करोड असुल भएको छ, तत्काल रु ३० करोड उठ्ने तयारीमा छ ।” अधिकारीका अनुसार अझै पनि धेरैले अटेर गर्दै आएका छन् । दुई चरणमा गरिएको सार्वजनिक सूचनाको धेरैले बेवास्ता गरी सम्पर्कमा पनि नआउने र विवरणसम्म पेश नगरेकाले उनीहरुका लागि थप कडाइ गरिने छ ।

आफ्नो विवरण लिएर सम्पर्कमा आए नियमानुसार महानगरबाट दिइने कर छुट सुविधा प्राप्त गर्न सकिने र अझै आलटाल गरिरहे थप समस्या हुने जनाउँदै इमान्दार भएर कर तिर्न निजी र अर्धसरकारी सङ्घसंस्थालाई अनुरोध गरिएको छ । नेपाल विद्युत् प्राधिकरण, सिद्धार्थ वनस्थली स्कुल र मनमोहन अस्पतालले केही दिनभित्रै बक्यौता रकम लिएर आउने भएका पनि कामपाले जानकारी दिएको छ ।

यसरी लामो समयसम्म कर नतिर्नेमा नेपाल स्काउट, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चयकोष भवन, नेपाल रेडक्रस सोसाइटी, नेशनल ट्रेडिङ लिमिटेड, जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, कान्तिपुर होटल, शिशु अर्याल, होटल ग्याङ्जोङ (हाल ले हिमालय), सिटी होटल्स, शुभकामना हाउजिङ डेभलर्पस प्रालि छन् ।

यसैगरी ओम सान इन्टरनेशनल कलेज (हेल्पिङ ह्यान्ड्स), गोपीकृष्ण मुभिज प्रालि, झिग्मी सिग्मी पर्वल विष्ट, काठमाडौँ जेसिस, सिग्नेचर अपार्टमेन्ट, अम्बे कम्प्लेक्स, टाउन डेभलपर्स प्रालि, राजेन्द्रकुमार काँवरा, ब्लुबर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, बुद्ध महल, सिटी सेन्टर, ह्वाइट फिल स्कुल र केएल टावरलगायतले लामो समयदेखिको कर तिर्न बाँकी छ । माथि उल्लेख भएकामध्ये धेरै अहिले आफ्नो विवरण लिएर सम्पर्कमा आएको कामपाको भनाइ छ ।

कामपाले चालु आवको दुई महिनामा रु ९० करोड कर असुल गरेको छ । गत वर्ष सोही अवधिमा र ३२ करोड मात्र उडाएको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ४ : ३९ बजे

Your email address will not be published.

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका(५ देवीस्थानबाट आज इजाजत नभएका चार

एनपिएल : पोखरा एभेन्जर्ससँग काठमान्डु गोर्खाज ५५ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को आइतबार भएको खेलमा

कालीगण्डकी करिडोर सडक पुन: अवरुद्ध

गुल्मी । सुक्खा पहिरो गएपछि कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन । गत साता नेपाल प्रिमियर लिग (एापिएल)हेर्न बसमा काठमाडौं

प्रधानमन्त्रीको सचिवालयका ‘विज्ञ’लाई संयोजक र उपसंयोजकको भूमिका

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो निजी सचिवालयमा कार्यरत कर्मचारी